वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवम् सांसद स्वर्णीम वाग्लेले पुराना राजनीतिक दलहरुको दस्तावेजमा समाजवाद भए पनि व्यहारमा आसेपासे पूँजीवाद रहेकाले अपेक्षित विकास र समृद्धि हुन नसकेको टिप्पणी गरेका छन् ।
रास्वपा पर्साले आज वीरगञ्जमा आयोजना गरेको ‘आर्थिक मन्दी र अर्थराजनीतिक निकास’ विषयक अन्तरक्रियामा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका वाग्लेले आसेपासे पूँजीवादको असंगति हटाउन आफूहरुको शक्ति नपुगेको पनि बताए । मिसन २०८४ मा त्यो राजनीतिक ताकत आर्जन गरेर देशलाई आर्थिक विकासको तीव्र गतिमा दौडाउने दाबी पनि उनले गरे ।
वीरगञ्जका उद्यमी व्यापारीले अर्थतन्त्रका सुक्ष्म सरोकारहरुलाई मिहीन ढंगले बुझेको भन्दै वीरगञ्ज क्षेत्रबाट आउने सुझावहरु वास्तविक र यथार्थ धरातलमा आधारित हुने बताए । राजनीतिक सुशासन र राजनीतिक गतिशीलता अहिलेको आवश्यकता भएको औंल्याउँदै वाग्लेले अर्थतन्त्रका बाह्य क्षेत्रमा सुधार आए पनि आन्तरिक सरोकार सुध्रिन नसकेको पनि बताए ।
नेपालले स्वच्छ उर्जा, पर्यटन, उच्च मूल्ययोगको कृषि, पुनरऔद्योगिकीकरणमा काम गर्न सक्ने सम्भाव्यता उनले देखाए । कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति प्राडा। दीपक शाक्यले अर्थनीतिको स्थायित्वमा जोड दिए । बाहिरी देशमा सीप र पूँजी आर्जन गरेर नेपालमै आएर काम गर्न चाहानेहरुलाई राज्यले सहजीकरण गर्नुपर्ने उनको धारणा थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले बजेटमा घोषणा भएका कुरा कार्यान्वयन नभएको भन्दै विकासका अवसहरुमा मधेशलाई विभेद गरिएको आरोप लगाए । निवर्तमान अध्यक्ष गणेश लाठले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक दायरामा ल्याउन चुनौती भएको बताए ।
विश्लेषक जगदीशप्रसाद अग्रवालले अर्थनीतिमा राजनीति सचेत हुन नसकेको भन्दै उत्पादनका क्षेत्रमा के गर्ने र के नगर्ने भन्नेमा स्पष्ट हुन आग्रह गरे । जलविद्युतलाई औद्योगिकीकरणमा जोड्न सकिने भए पनि त्यसमा राज्यको ध्यान नगएको बताए । प्राडा प्रमोद सर्राफले राज्यका प्रमुख अंगहरु जिम्मेवार र सन्तुलित भएमात्रै देशमा आर्थिक विकासले गति लिने दाबी गरे ।
रास्वपा पर्साका संयोजक हरि पन्तको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य डा। सुवोधकुमार गुप्ताले अहिले उद्योगको उत्पादन क्षमताको ४० प्रतिशतमा खुम्चिएको बताए । सरकारले सीमा क्षेत्रमा तस्करीको समस्या देखाउने, तर विकल्प दिन नसकेको टिप्पणी उनले गरे ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले निजीक्षेत्रले दिएका सुभावको कार्यान्वयनमा सरकार उदासीन देखिएको बताए । सरकारी नीति ठिक नभएकाले उद्योग व्यापार क्षेत्र खुम्चिएको उनको दाबी थियो ।
कार्यक्रममा संघका उपाध्यक्ष माधव राजपाल, मनोज दास, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान, डा। दीपेन्द्र चौधरी, राजेन्द्र कोइराला, विनोद गुप्ता, पत्रकार राजु श्रेष्ठ, ध्रुव साह, तुलसी भण्डारी, रास्वपा मधेश प्रदेश सञ्चार अभियानका संयोजक राम सर्राफलगायतले धारणा राखेका थिए ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्