मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखी मध्यम वर्षा भइरहेको महाशाखाले बिहीबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ।
बिहीबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी,लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी, बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान पनि छ।
बिहीबार राति देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी, मधेस ,लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा राति पनि भारी वर्षा हुने महाशाखाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका–२९ पच्चीस किलोबाट ट्रक नदी छेउमा खसेको हो । ट्रकका चालक र सहचालकको खोजी भइरहेको छ ।
३५ वर्षको उमेरपछि हड्डी खिइने प्रक्रिया बिस्तारै सुरु हुन्छ । यस्तोमा लामो समयसम्म एकै आसनमा ढाड कुप्राएर बस्दा, हड्डी भाँचिंदा, चोटपटकले हड्डीमा धेरै असर पुर्याएर कमजोर बनाइदिंदा, पटकपटक भारी सामान उठाउँदा, धुम्रपान गर्ने बानीका कारण हाड तथा जोर्नीमा अक्सिजनको मात्रा घट्दा हड्डी छिटो खिइन थाल्छ ।
प्रतिक्रिया दिनुहोस्