जनकपुरधाम । धनुषामा पोखरीमा डुबेर तीनजना बालकको मृत्यु भएको छ ।
धनुषाको लक्ष्मीनिया गाउँपालिका-७ लक्ष्मीनियामा रहेको पोखरीमा बुधबार साँझ तीन बालक डुबेका इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए ।
उनका अनुसार उनीहरु आफन्त हजुरबुबा महावीर साह घरमा भोज खान आएका थिए । बुधबार महावीर साहको घरमा वर्षीको भोज थियो । डुब्ने बालकहरु महावीर साहका तीन छोरीका जेठा छोराहरु रहेको प्रहरी निरीक्षक साहले बताए ।
सबै भोजमा व्यस्त रहेका बेला उनीहरु पोखरीमा पौडी खेल्न जाँदा डुबेको हुन सक्ने वडाध्यक्ष गंगा साहले जानकारी दिए । घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्