वीरगन्ज फुटवेयर एक्स्पो - २०८० सुरु

समारोहलाई सम्बोधन गर्दै सिंहले आर्थिक मन्दीका बीच आयोजना हुन लागेको मेलाले वीरगन्जको अर्थतन्त्रलाई चलायमान बनाउनेमा आफू आशावादी रहेको बताए ।

सम्वादाता | २०८० फागुन २ गते १८: ०४ मा प्रकाशित

वीरगन्ज– ‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नारा सहित बुधबारदेखि ‘दोश्रो वीरगन्ज फुटवेर एक्स्पो-२०८०’ सुरु भएको छ । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले एक्स्पोको उद्घाट्न गरे ।

समारोहलाई सम्बोधन गर्दै सिंहले आर्थिक मन्दीका बीच आयोजना हुन लागेको मेलाले वीरगन्जको अर्थतन्त्रलाई चलायमान बनाउनेमा आफू आशावादी रहेको बताए ।

उनले मन्दीकै बीच थुप्रै युवा उद्यमीहरु नयाँ-नयाँ सोंच र परिकल्पनाका साथ उद्योग व्यवसाय क्षेत्रमा प्रवेश गरेकोमा अब सबै क्षेत्रबाट आर्थिक मन्दीलाई चिर्दै लगानी गर्न अघि बढ्नु पर्ने सुझाव समेत दिए ।

मेला आयोजक नेपाल जुत्ता उत्पादक संघका बरिष्ठ उपाध्यक्ष एवम् एक्स्पोका संयोजक सुरज बन्जाडेले मेलामा एक महिनासम्म लाग्ने मेलामा नेपालका १३ उद्योगका ३० भन्दा धेरै ब्राण्ड तथा त्यसका ३ हजार भन्दा धेरै डिजाइनका जुत्ताचप्पल रहेको बताए । उनले उभपोक्तालाई १५ देखि ५० प्रतिशत सम्म छुट दिइएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्