तीन दिनदेखि सुनको मूल्य स्थिर

सम्वादाता | २०८१ असार ६ गते १३: ३६ मा प्रकाशित

वीरगन्ज– नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ४२ हजार २०० र तेजाबी सुन १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार र मंगलबार पनि सुन आजकै मूल्यमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने सामान्य घटेको छ। आज चाँदी तोलाको १० रुपैयाँ घटेर तोलामा १८ सय ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्