गाँउ सभाबाट म्याद थपने सहमति पछि कालिकामाई गाउँपालिकाको तालाबन्दी खोलियो
पालिका अध्यक्षले मनोमानी तरिकाले केही कर्मचारी हटाएपछि कर्मचारीहरू बिगत १४ दिन देखि ९ जना स्वास्थ्य सेवाका कर्मचारीहरु गाँउपालिका कार्यालय अगाडी शान्तिपुर्ण धर्ना दिदै आएका थिए ।
वीरगन्ज– पर्साको कालिकामाई गाँउपालिका कार्यालयमा करारका कर्मचारीहरू म्याद थपने सहमति पछि पालिका कार्यालयमा भएको तालाबन्दी खोलिएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय पर्सामा जनप्रतिनिधिहरू बिच भएको आन्तरिक सहमति पछि तालाबन्दी खोलिएको हो । अगामी भदौ १९ गते पालिकाको गाउँसभा गर्ने र गाँउसभाबाटै निर्णय गरेर कर्मचारीहरुको म्याद थप्ने सहमति पश्चात तालाबन्दी खोलिएको वडा नम्बर ३ का अध्यक्ष संजय पटेलले बताउनु भयो । पालिका अध्यक्षले मनोमानी तरिकाले केही कर्मचारी हटाएपछि कर्मचारीहरू बिगत १४ दिन देखि ९ जना स्वास्थ्य सेवाका कर्मचारीहरु गाँउपालिका कार्यालय अगाडी शान्तिपुर्ण धर्ना दिदै आएका थिए । ९ वर्ष अगाडि तत्कालीन स्वास्थ्य निर्देशनालयले न्युक्त गरेको ६ जना र पालिकाले आफ्नो आवश्यकता अनुसार न्युक्त गरेको २ जना कर्मचारीलाई हटाएर पालिका अध्यक्षले सो ठाउमा आफ्नो कार्यकता भर्ना गर्न खोजेपछि आन्दोलन सुरू भएको थियो । तत्कालीन जिल्ला जनस्वास्थ्य कार्यालय बाट करिब ९ वर्ष अगाडि स्वास्थ्य चौकीको कार्यालयमा नियुक्त भएर काम गर्दै आएका कर्मचारीहरूलाई पालिका स्थापना भएपछि निरन्तरता दिईएको थियो । उनिहरू संघिय सरकारको अनुदान रकमबाट तलब पाउदै आएका छन । तर पालिका अध्यक्षले पालिकालाई भार परेको भन्दै उनिहरूको म्याद थपेका थिएनन् । आयोगबाट दरबन्दी कायम भएर नआए सम्म उनिहरूलाई निरन्तरता दिने पालिकाको तत्कालीन बोर्ड निर्णय गरि उनिहरूले निरन्तरता पाएका थिए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुखको कार्यकक्षमा भएको वार्तामा पालिका अध्यक्ष बशिष्ठ कुमार,उपाध्यक्ष राजमती देबी,वडा १ का अध्यक्ष लालबाबु चौरसिया, २ का अध्यक्ष सोनालाल चौरसिया,३ का संजय पटेल ,४ का संजय साह र ५ का अध्यक्ष जयनरायण पटेल सहभागी रहेका थिए ।
‘पाइलटहरू आन्दोलनमा उत्रिएका कारण हाम्रो उडान निर्धारित समयमा हुन सकेका छैनन्,’ निगमका प्रवक्ता रमेश पौडेलले अनलाइनखबरसँग भने, ‘ती उडान सारेर व्यवस्थापन गरिरहेका छौं । आज आइतबार दिउँसोको मुम्बई उडान राति हुँदैछ । सोही जहाजले भोलि सोमबार मुम्बईमा रहेका यात्रु लिएर आउँछ ।’
आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
हाल स्वास्थ्य सेवाका कर्मचारीको व्यवस्थापन र सेवा सञ्चालन स्वास्थ्य सेवा ऐन २०५३ अनुसार भइरहेको छ । अहिले तीन तहको कर्मचारीसम्बन्धमा अन्र्तसम्बन्ध कायम गर्न जटिलता देखिएको छ । यसका अलावा स्वास्थ्य सेवामा रहने पद र वृत्तिविकासमा सम्बन्धमासमेत अन्यौल रहेकाले ऐनले त्यो विषय चिर्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्