सखुवाप्रसौना गाउपालिका अध्यक्ष पुगे बस दुर्घटनास्थलमा

बस दुर्घटनामा सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ जमुनियाका एकै परिवारका तीनजना परे

सम्वादाता | २०८१ असार २९ गते १५: ०० मा प्रकाशित

वीरगन्ज– पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव वीरगन्जबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा परेको अवस्थाबारे जानकारी लिन घटनास्थलमा पुगेका छन् ।
बिहीबार राति आठ बजे वीरगन्जबाट काठमाडौंका लागि छुटेको एञ्जल डिलक्सको बा।प्र ०३९००६ ख १५१६ नम्बरको बस सिमलटारमा पहिरोमा दुर्घटनामा परेपछि त्यसकै जानकारी लिन अध्यक्ष यादव घटनास्थलमा पुगेका हुन् ।
उनका अनुसार एञ्जल बस दुर्घटनामा सखुवा प्रसौनी गाउँपालिका– २ जमुनियाका एकै परिवारका तीनजना परेका छन् । जमुनियाका हृदयनारायण चौधरी थारू, उनकी श्रीमती भगवती थरुनी र छोरी चन्द्रप्रभा रहेका छन्। उनीहरू तीनजनाको परिवार उपचारका लागि काठमाडौं गएको जानकारीमा आएको गाउँपालिका अध्यक्ष यादवले बताए ।
स्वास्थ्यकर्मीहरूमा सखुवा प्रसौनी गाउँपालिकाको अस्पतालमा कार्यरत रेडियो ग्राफर कलैया उपमहानगरपालिकाकी सृष्टि यादव र ल्याब असिस्टेन्ट सखुवा प्रसौनी गाउँपालिका– ३ कट्या डुबरवानाका रैफुल अन्सारी रहेका छन् ।
वीरगन्जको प्रतिमाचोकबाट छुट्दा बसले दिएको यात्रुको विवरणमा गाडी साहु, चालक, सहचालकबाहेक २१ यात्रु रहेको बताइएको छ । तीमध्ये सातजना भारतीय पनि थिए । बस पर्साको रंगपुरबाट काठमाडौं चल्ने गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्