मुग्लिन-मलेखु सडक पुन: सञ्चालन

सम्वादाता | २०८१ असार २६ गते ०९: ४३ मा प्रकाशित

मुग्लिन– पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन-मलेखु सडक दुईतर्फी सञ्चालनमा आएको छ ।  

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गको मुग्लिन-मलेखु सडकखण्डअन्तर्गत चितवनको  इच्छाकामना–३ डहकीखोलामा सोमबार १ः३० बजे पहिरो खस्दा सडक अवरुद्ध थियो ।  

पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्