वीरगन्ज– वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले विद्यार्थीको शैक्षिक गुणस्तर बृद्धि गराउनु अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । यस वर्षको एसइई (माध्यमिक शिक्षा परीक्षा) मा सामुदायिक विद्यालयहरूको नतिजा कमजोर भएको प्रति चिन्ता व्यक्त गर्दै उहाँले विद्यार्थीहरुको शैक्षिक गुणस्तर बढाउन शिक्षक, विद्यार्थी तथा अभिभावक सबै एक भएर लाग्नु पर्नेमा जोड दिनुभएको छ । महानगर प्रमुख सिंहले आजबाट विद्यार्थीका अभिभावकसँग विद्यालयमै पुगेर भेट्ने अभियान नै सुरु गर्नु भएको छ ।
शुक्रबार आज विर्तामा रहेको श्री सुन्दरमल रामकुमार कन्या माद्यमिक विद्यालयमा आगामी वर्ष एसईई दिने कक्षा १० मा अध्ययनरत विद्यार्थीका अभिभावकलाई विद्यालयमा बोलाएर छलफल गर्दै विद्यालयमा मात्रै नभई अभिभावकले घरमा पनि आफ्ना सन्ततीको पढाइको बारेमा चासो लिनु पर्ने बताउनुभयो ।
विद्यार्थीको शैक्षिक गुणस्तु वृद्धि गराउन विद्यालयको भौतिक संरचना, शिक्षक व्यवस्थापन तथा शैक्षिक सामग्री उपलब्ध गराउन महानगर तत्पर रहेको र शिक्षकले पनि तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक निभाउन आवश्यक रहेको बताउनुभयो । उहाँले आफ्नो पठन पाठनका बारेमा विद्यार्थी आफै र उनका अभिभावक चनाखो भएर लागे गुणस्तर वृद्धि हुन समय नलाग्ने पनि बताउनुभयो ।
प्रमुख सिंहले भन्नुभयो, ‘सामुदायिक विद्यालयहरूलाई आवश्यक सहयोग गर्न महानगर सँधै प्रयासरत रहे पनि एसइईको नतिजा सन्तोषजनक हुन सकेन, तर आगामी दिनमा पनि यस्तै नतिजा नदोहोरियोस भनेर अभिभावकलाई पनि जिम्मेवार बनाउन प्रयास गरेका हौँ ।’ सामुदायिक विद्यालयमा अध्ययन गर्न पठाउने अभिभावकले आफ्ना सन्ततीका बारेमा चासो नराखेको र विद्यालयमा कसरी पढाइ हुँदै छ भन्ने बारेमा पनि कहिल्यै जानकारी लिने नगर्दा शैक्षिक स्थिति विग्रिएको आफूले पाएको उहाँले बताउनुभयो ।
विद्यार्थीका बारेमा जानकारी दिन विद्यालयमा बोलाउँदा पनि उनीहरुका अभिभावक उपस्थित नहुने गरेको सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु बताउँछन् । आज पनि अधिकांस अभिभावकहरु अनुपस्थित रहेका थिए । अब हरेक विद्यालयमा पुगेर अभिभावकसँगै उनीहरुका सन्ततीको अध्ययनका बारेमा जानकारी लिने अभियान नै थालेको महानगर प्रमुख सिंहले बताउनुभयो ।
महानगरको तर्फबाट कुनै कमी कमजोरी भए त्यसलाई सुधारेर अघि बढ्न आफू तयार रहेको भन्दै उहाँले त्यसका लागि शिक्षक, विद्यार्थी तथा अभिभावकले आ–आफ्नो ठाउँबाट जिम्मेवारी निर्वाह गर्नु आवश्यक रहेको पनि बताउनुभयो । वीरगंज महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले विद्यालयमा पठन पाठन सुधार गर्न सबैको चासो हुनु पर्नेमा जोड दिनुभयो ।
‘पाइलटहरू आन्दोलनमा उत्रिएका कारण हाम्रो उडान निर्धारित समयमा हुन सकेका छैनन्,’ निगमका प्रवक्ता रमेश पौडेलले अनलाइनखबरसँग भने, ‘ती उडान सारेर व्यवस्थापन गरिरहेका छौं । आज आइतबार दिउँसोको मुम्बई उडान राति हुँदैछ । सोही जहाजले भोलि सोमबार मुम्बईमा रहेका यात्रु लिएर आउँछ ।’
आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
हाल स्वास्थ्य सेवाका कर्मचारीको व्यवस्थापन र सेवा सञ्चालन स्वास्थ्य सेवा ऐन २०५३ अनुसार भइरहेको छ । अहिले तीन तहको कर्मचारीसम्बन्धमा अन्र्तसम्बन्ध कायम गर्न जटिलता देखिएको छ । यसका अलावा स्वास्थ्य सेवामा रहने पद र वृत्तिविकासमा सम्बन्धमासमेत अन्यौल रहेकाले ऐनले त्यो विषय चिर्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्