८ लाखमा दुईजना धामी झाक्रीको हत्या

डीएसपी भारतीका अनुसार कुम्हाल र ठाकुरको साथमा रहेको गम्छाले घाटी थिची हत्या गरेका थिए ।

सम्वादाता | २०८१ असार २० गते १९: २६ मा प्रकाशित

वीरगन्ज– पारिवारिक रिसईवी तथा जग्गा जमिनको विवादको विषयलाई सुपाडी दिएर दुईजनाको हत्या गरिएको खुलासा भएको छ । गत जेठ २९ मा पर्साको जगरनाथपुर गाउपालिका १ बिसुनपूर्वा टोल स्थित ओरिया खोलाको किनारमा नेपाल तर्फको सिमानाको दशगजा भन्दा ८० मिटर भित्र खाली जग्गामा गाडिएको अवस्थामा दुईवटा शव बरामद भएको थियो ।

वन्यजन्तुले शव खोस्रिरहेको सूचना आएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट तालिम प्राप्त कुकुर सहित अनुसन्धान विशेषज्ञ टोली परिचालन गरिएको थियो । जेठ ३० मा दुबै शवको पहिचान खुलेको थियो । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पहिलो शव वारा कलैया उपमहानगरपालिका– ६ का ६० वर्षीय रामएकवाल पडित कुम्हालको र दोस्रो शव वाराकै आदर्शकोतवाल गाउ“पालिका– ७ निवासी ४० वर्षीइ सुरेश ठाकुर लोहारको रहेको थियो । 

करिब तीन हप्ताको अनुसन्धान पछि पर्सा प्रहरीले बुधवार कुम्हाल र ठाकुरको हत्या पारिवारिक रिसईवी र जग्गा जमिनको विवादको कारण गरिएको जनाएको छ । हत्यामा संलग्न मूख्य योजनाकार सहित तीनजनालाई प्रहरीले सार्वजनिक गरेको छ । पर्साको जगरनाथपुर गाउ“पालिका– ५ का ३२ वर्षीय सन्तोष प्रसाद कुम्हार, जगरनाथपुरकै ४५ वर्षीय महादेव महतो नुनिया र वारा कलैया उपमहानगरपालिका– ५ निवासी ३३ वर्षीय लक्ष्मण कुमार प्रजापति मूख्य योजनाकार रहेको प्रहरी प्रवक्त दिपक भारतीले बताए । 

मूख्य योजनाकारले हत्या गर्ने पूर्व योजना बनाई कुम्हाल र ठाकुरलाई झारफुक एवम् धामी झा“क्रीको काम रहेको भन्ने विश्वासमा पारी बाराबाट घटनास्थलसम्म बोलाएको देखिएको प्रहरी नायव उपरिक्ष्ँक समेत रहेका भारतीले जनाए । ‘पारिवारिक रिसइबी तथा जग्गा जमिनको विवादका कारण योजनावद्ध तरिकाले हत्या गरिएको खुलेको छ,’ डीएसपी भारतीले भने, ‘यसका लागि निश्चित व्यक्तिलाई ८ लाख रकम (सुपाडी) समेत दिइएको छ ।’ 

गत जेठ २५ मा साझ करिब ६ बजे कुम्हाल र ठाकुर वाराको कलैयाबाट बस वढी पर्साको प्रतिमा चोकमा झरेका थिए । त्यहाबाट पावरहाउस चोकमा आएर विन्दवासिनीको केहुनीया जाने गाडी चढेका थिए । अनुसन्धान अधिकृतका अनुसार विन्दवासिनी चोकबाट घटनामा संलग्न एकजना व्यक्तिले दुबैलाई मोटरसाईकलमा चढाई बहुअर्वाभाठाको बाटो हुदै हुलाकी सडकबाट लखनपुर पुयाएका थिए । 

त्यहाबाट नहरको बाटो हुदै बिसुनपूर्वा स्थित ओरिया खोला लगेका थिए । डीएसपी भारतीका अनुसार कुम्हाल र ठाकुरको साथमा रहेको गम्छाले घाटी थिची हत्या गरेका थिए । दुबै शवलाई घटना घटाएको स्थान नजिकै ओरिया खोला तटमा शव गाडेका थिए । हत्यामा संलग्न तीनजना पक्राउ गरि अदालतबाट ५ दिनको म्याद थप लिई अनुसन्धान अगाडि बढाइएको छ । हत्यामा संलग्न अन्यको समेत पहिचान भइसकेको र खोजतलाश जारी रहेको प्रहरीले जनँएको छ । 

प्रतिक्रिया दिनुहोस्