मेयरले एकलौटी गर्न खोजेपछि पर्सागढीको नगरसभा स्थगित

नगरसभा गर्नको लागि चाहिने ५१ प्रतिशत उपस्थिति नपुग्दा नगरपालिकाले स्थगित गरेको छ ।

सम्वादाता | २०८१ असार ९ गते १७: ३३ मा प्रकाशित

वीरगन्ज– पर्सागढी नगरपालिकाको एघारौँ नगरसभा स्थगित भएको छ । नगरप्रमुख गोकर्ण पाठकको अध्यक्षतामा उद्घाटन गरिएको नगरसभा वडाध्यक्षहरूको विरोधपछि नगरसभा स्थगित गरिएको हो ।

असार २ गतेको दिन नगर प्रमुख गोकर्ण पाठकले नगर सभा एकलौटी गर्ने निर्णय गरेपछि सात जना वडा अध्यक्ष शंकर राय भर , सुनरी देबी थरुनी , सुकमान तामाङ्ग, राम बढाई प्रसाद यादब, शेख खुर्सेद, नितेश मिश्रा, नवल किशोर प्रसाद कलवार र केही वडा सदस्यहरूले नगरपालिका स्तरीय गठित पाँचवटा विषयवस्तुको काम र कर्तव्य र अधिकार सार्वजनिक हुनुपर्ने, नगरपालिकामा नगरस्तरीय प्रदेश स्तरीय र संघस्तरीय आएको बजेटको आय ब्याय सार्वजनिक हुनुपर्ने लगायतका मागहरू नगरपालिकाले पूरा गर्नुपर्ने अडान सहित विरोध गर्दै आइरहेका थिए ।

आज सुरु गरिएको नगरसभामा मात्र २२ जनाको उपस्थिति रहेको थियो भने बाँकी वडाध्यक्ष र सदस्यहरूले असहमति गरेपछि नगरसभा भोलि बिहानसम्मको लागि स्थगित गरिएको छ । नगरसभा गर्नको लागि चाहिने ५१ प्रतिशत उपस्थिति नपुग्दा नगरपालिकाले स्थगित गरेको छ।

प्रतिक्रिया दिनुहोस्