वीरगन्ज– पर्सा प्रहरीले हात्तीका दुईवटा दारा सहित तीनजनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले पर्साको ठोरी गाउ“पालिका ४ स्थित गोरखपुर टोलमा शुक्रबार विहान करिब ६ बजेको समयमा २१/२१ केजी तौल भएको दुईवटा हात्तीको दारा बरामद गरेको हो । प्रहरी नायव उपरीक्षक दिपक भारतीका अनुसार ठोरीको गारेखपुर टोलमा हात्तीको दारा बिक्री भइरहेको सूचना आएपछि प्रहरी टोली परिचालन गरिएको थियो । स्थानीय चन्द्र परियारको खेतमा खाल्डो खनी राखिएको अवस्थामा दुईवटा दारा बरामद भएको प्रहरी प्रवक्ता समेत रहेका भरतीले जनाए । दारा ओसारपसार र बिक्रीमा संलग्न रहेको आरोपमा प्रहरीले ठोरीको विजयवस्ती गुम्बालाइन निवासी ४१ वर्षीय कुइसंग लामा, वीरगन्ज महानगरपालिका १४ निवासी प्रेम शर्मा र वीरगन्ज ३१ निवासी अमिरीलाल महतोलाई नियन्त्रणमा लिएको छ । जिल्ला डिभिजन वन कार्यालयको समन्वयमा प्रहरीले थप अनुसान्धान थालेको डीएसपी भारतीले जनाए । प्रहरीले उनीहरुको साथबाट नेपाली ५० रुपैयाको नोटमा सूचना स्वरुप मिति लेखिएको भिडियो र फोटो समेत बरामद गरेको छ ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्