काठमाडौं । देशभर ९४ प्रतिशत वडामा अझै बालगृह बन्न नसकेको तथ्यांकमा देखिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार देशभर ४ सय ३१ वटा वडामा मात्र बालगृह सञ्चालनमा छन् । यो कुल वडाको ६.४ प्रतिशत मात्र हो ।
प्रदेशगत रुपमा हेर्दा सबैभन्दा धेरै बालगृह हुने बागमती हो भने सबैभन्दा कम सुविधा भएको प्रदेश मधेश हो । मधेशमा २५ वटा वडामा मात्र यो सुविधा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्