वीरगञ्ज– हुरीबताससहितको बिहीबारको वर्षाले एक सय सात वर्षीय वृद्धको ज्यान गएको छ ।
विन्ध्वासिनीगाउँपालिका-२ का गुबेरी साहको हुरीले ल्याएको छिमेकीको घरको जस्ताले लागेको ज्यान गएको हो । घरमा बसिरहेका उनी धारिलो जस्ताले लाग्दा गम्भीर घाइते भएका थिए।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले उपचारका लागि बाराको नौतनस्थितएलएस न्युरो अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको बताए ।
हुरीका कारणले पर्साको बहुदरमाईगाउँपालिका–७बहुवनमा रहेको एनसेलको टावर ढलेर एकजना घाइते भएका छन् । घाइते हुनेमा ६० वर्षीय जोगेन्द्र महतो छन् । उनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भएर अहिले डिस्चार्ज भइसकेका छन् ।
सोही गाउँपालिकामा हुरीबतासका कारण चारवटा बाख्रा पनि मरेका छन् । हुरीबतासले पर्साको प्रहरी बिटका छानोसमेत उडाएको छ । जिल्लामा हुरीका कारणले भएको क्षतिको विवरण संकलन जारी रहेको प्रहरीले जनाएको छ ।
आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
चिसो मौसममा चायाको समस्या धेरैलाई हुने गर्दछ। यो एकप्रकारको फंगल इन्फेक्शन हो। काँइयो, तौलिया, रुमालको माध्यमबाट यो एक व्यक्तिबाट अर्कोमा सर्ने गर्दछ। यो समस्या बढ्दै गएको छ भने चिकित्सकको सल्लाह अनुसार औषधीको प्रयोग गर्नुपर्ने हुन्छ।
प्रतिक्रिया दिनुहोस्