सहकारी प्रकरणबारे छानबिन समिति बनाउने सहमति

सम्वादाता | २०८१ जेठ ६ गते ०८: ४२ मा प्रकाशित

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश तय गर्न बनेको कार्यदलको बैठक आज बस्दैछ ।

बैठक बिहान बिहान साढे ८ बजे कानुन मन्त्रालयमा बस्ने बताइएको छ ।

कार्यदलमा कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन् ।

सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको हिजो बसेको बैठकले सहकारी ठगी प्रकरणमा कार्यदल गठन गरेको थियो । कार्यदलले छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउने छ ।

 

प्रतिक्रिया दिनुहोस्