पर्सा, ‘स्थानीय स्रोतको उपयोग, सहयोग र स्वामित्व पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ पर्सा लाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।मधेस प्रदेशका चार जिल्ला पर्सा, रौतहट, महोत्तरी र धनुषा पूर्ण खोप जिल्ला घोषणा गर्न बाकी रहेकोमा अहिले पर्सा जिल्ला लाइ पूर्ण खोप जिल्ला घोषित भएको छ ।
पर्सा जिल्लामा खोप सम्बन्धि भइरहेको कार्यहरु बारे जानकारी गराउदै खोप समन्वय समितीका प्रमुख डा. मुक्ती नारायण साहले लामो प्रयास पछि पर्सा जिल्ला लाई पुर्ण खोप जिल्ला घोषणा गर्न सकेकोमा सबै लाई धन्यवाद दिएका थिए । यसैगरी अहिले पनि नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण ले २०२२ अनुसार चार प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित जनाएको छ ।
त्यस्तै पर्सा जिल्ला खोप समन्वय समितीका प्रवक्ता जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले कोरोना महामारीका कारण पर्सा जिल्लाको चार पालिका बालबालिका लाइ खोप लगाउन सकेका थिएनन् तर अहिले चारै पालिकाले पुर्ण खोप पालिका हुन सफल भएकोमा उहाहरु लाई बधाइ समेत दिएका थिए । पूर्ण खोप नलगाएसम्म बालबालिका सुरक्षित ह्ँदैनन्,’ उनले भने, ‘विभिन्न रोगबाट बचाउनका लागि बालबालिकालाई सरकारले दिने निःशुल्क खोप लगाउनुपर्दछ।
नेपाल सरकारले नौ रोगका लागि १३ प्रकारका खोप बालबालिकालाई निःशुल्क उपलब्ध गराउने गर्दछ।सरकारले खोप लगाउन छुटेका बालबालिकालाई प्रत्येक वर्ष वैशाख महिनामा खोप महिनाका रुपमा मनाउँदै आएको छ। उक्त समयमा देशभरि नै खोज र खोप अभियान सञ्चालन गरी नियमित खोप छुट भएका बालबालिकालाई छुट खोप दिइँदै आएको छ। गत वैशाखमा पाँच वर्षमुनिका ४० हजार चार सय ६३ बालबालिकालाई छुटेको खोप दिन सफल भएको छ।
आज भएको पर्सा जिल्ला पुर्ण खोप कार्यक्रम पर्सा जिल्ला समन्वय समितीका अध्यक्ष अजय सोनारको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रुपमा मधेस प्रदेशको स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचिव प्रमोद यादव , विशिस्ट अतिथिका रुपमा खोप समन्वय समिती पर्सा का सह संयोजक पुरण कुर्मी जिल्ला प्रशासन कार्यलय पर्सा का प्रमुख सागर भुसाल , मधेस प्रदेश स्वास्थ निर्देशानालय का निर्देशक राजिव झा , ट्राफिक पर्साका सइ गुननिधी खकुरेल लगायत पर्सा जिल्लाका पालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो कार्यक्रमम मनोरञ्जनका लागि वीरगन्जको जि एच पि स्कुल र साउथ जोन स्कुलका विद्यार्थीहरु ले नृत्य प्रस्तुत गरेका थिए ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्