नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएसँगै,एमालेले पनि मधेस सरकार छाड्ने

सम्वादाता | २०८१ बैशाख ३० गते ०५: ४५ मा प्रकाशित

जनकपुरधाम– नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएसँगै नेकपा एमालेले पनि मधेस सरकार छाड्ने भएको छ ।आजै नेकपा एमालेले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका छन् ।एमाले केन्द्रीय नेतृत्वले मधेस सरकार छाड्न प्रदेशस्तरीय दलका नेतालाई निर्देशन दिएको जनाइएको छ ।

नेकपा एमालेका संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले केही बेरमै एमालेका मन्त्री समेत राजीनामा दिई सरकारबाट समर्थन समेत फिर्ता लिने बताएका छन् ।

नेकपा माओवादी केन्द्र मधेस सरकारबाट बाहिरिएको छ ।मधेस सरकारमा रहेका माओवादी नेताहरूले आइतबार मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा बुझाएका हुन् ।

मन्त्रीहरू भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री यादवलाई भेटेर राजीनामा दिएको माओवादी मधेस संसदीय दलको भनाइ छ ।

साहलाई वन तथा वातावरण मन्त्री थिए भने भट्टराई उद्योग तथा पर्यटन मन्त्री थिए । तर साहले मन्त्रालयमा चित्त बुझाएका थिएनन् । उनले आफूलाई न्याय नगरेको बताइरहेका थिए ।मधेसबाट माओवादी बाहिरिएपछि केन्द्र गठबन्धनमा पनि तहमाथि हुने अवस्था छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्