अघोषित लोडसेडिङको समस्या समाधान गर्न रास्पाले गरायो ध्यानाकर्षण

केन्द्र प्रमुख अवधेश कुमार दुबेलाई रास्पा निर्वाचन क्षेत्र नं. १ का सभापति सोएब अन्वरको नेतृत्वमा गएको नेता तथा कार्यकर्ताले ध्यानाकर्षण गराएका थिए ।

सम्वादाता | २०८१ बैशाख २७ गते १४: ३६ मा प्रकाशित

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा निर्वाचन क्षेत्र नम्बर एकले बिहीवार विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रमा ध्यानाकर्षण पत्र बुझाएको छ । केन्द्र प्रमुख अवधेश कुमार दुबेलाई रास्पा निर्वाचन क्षेत्र नं. १ का सभापति सोएब अन्वरको नेतृत्वमा गएको नेता तथा कार्यकर्ताले ध्यानाकर्षण गराएका थिए ।
विद्युत आपूर्ति नियमित नहुंदा विद्यार्थी, व्यापारी तथा आमजनमानको दैनिक जीविकाामा प्रत्यक्ष प्रभाव गरेको र गर्मीको समयमा पनि आघोषित लोडसेडिङ समस्याको समाधान गर्न ध्यानाकर्षण गरिएको हो ।
उक्त ध्यानाकर्षण कार्यक्रममा रास्पा वीरगन्जका युवा नेता महादेव प्रसाद कुर्मी, मधेश प्रदेश सदस्य मुकेश कुर्मी, शिक्षा विभाग मधेश प्रदेशका उपप्रमुख सोनालाल पटेल, सञ्चार विभागका प्रभात चौरसिया, खेलकुद विभागका पुन्देश्वर यादव, क्षेत्र नं. २ का सांसद प्रत्याशी दिपराज कुर्मी, यातायात विभागका राम आर्या, युवा नेताहरु प्रकाश शाह, राजनन्दन कलवार, उमेश साह प्रध्यापक कृष्ण पासवान लगायतको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्