काठमाडौं, लामो समयपछिको वर्षाका कारण गण्डकी, बागमती र कोशी प्रदेश क्षेत्रको केही ठाउँको डढेलो निभेको छ।
नासाको मोडिज भूउपग्रहको तथ्यांक हेर्दा पूर्वी र मध्य नेपालसँगै पश्चिममा गण्डकी क्षेत्रको डढेलो थोरै घटेको छ। तर, पश्चिममा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको डढेलो भने कायमै छ।
शनिबार २३८ स्थानमा डढेलो रहेकामा आइतबार घटेर १४४ स्थानमा कायम भएको छ।
पश्चिमी वायु र स्थानीय वायुका कारण वर्षा हुँदा पूर्वमा इलाम र धनकुटा क्षेत्रमा वर्षा भएको छ। आइतबार इलाम जीतपुरमा २१.८ मिमि पानी परेको छ। भारतको मेघालय, बंगाल हुँदै प्रवेश गरेको प्रणालीले वर्षा गराएको हो।
गण्डकी र बागमतीको पहाडी क्षेत्रमा भने स्थानीय वायु सक्रिय हुँदा वर्षा भएको छ। गण्डकी क्षेत्रमा बनेको स्थानीय वायुको बादल कोशीसम्म विस्तार भएको छ, यसले पहाडी क्षेत्रमा वर्षा गराएको हो।
यो प्रणालीले सबैभन्दा बढी कास्कीको छोम्रोङमा २७ मिमि पानी पारेको छ। त्यसभन्दा पश्चिम म्याग्दीमा १३ मिमि पानी परेको छ भने जुम्लामा ३.६ मिमि पानी परेको छ। कर्णाली चिसापानीमा फाटफुट मात्र पानी परेको छ। त्ययसपछि पश्चिममा नेपालपरासी र नवलपुरबाहेक तराई क्षेत्रमा वर्षा देखिँदैन, त्यहाँ १४ मिमिसम्म पानी परेको छ।
पोखरा, पर्वत,लमजुङ, गोरखा, तनहुँ , मकवानपुर, काठमाडौं लगायत क्षेत्रमा पानी परेको छ। काठमाडौंमा भने धेरै वर्षा भएको छैन, सुन्दरीजलमा ४ मिमि र बुढानिलकण्ठ २.८ मिमि पानी परेको छ । काठमाडौं ३० चैतपछि आइतबार वर्षा भएको हो ।त्यतिखेर २.५ मिमि वर्षा रेकर्ड भएको थियो।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार काठमाडौंमा सोमबार पनि हल्का वर्षाको सम्भावना छ।
सोमबार कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बाँकी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
सोमबार राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने देखिएको छ। देशका बाँकी भूभागका एक–दुई हल्का वर्षाको सम्भावना छ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्