वीरगञ्जमा खुल्दै प्रदेशकै पहिलो “केएफसी” रेस्टुराँ

सम्वादाता | २०८१ बैशाख २४ गते ०९: १० मा प्रकाशित

वीरगञ्ज, वीरगञ्जस्थित स्काइलाइन मलमा  प्रदेशकै पहिलो केएफसी रेस्टुराँ सञ्चालनमा आउने भएको छ । खानपिनको क्षेत्रमा विश्वकै लोकप्रिय केएफसी वीरगञ्जमा सञ्चालनमा आउन लागेको छ । 

नेपालमा यस रेस्टुरेन्टको लागि इजाजत पत्र प्राप्त फ्रान्चाइजी संस्था देवयानी इन्टरनेशनल नेपाल प्रालिले वीरगञ्जको प्रमुख व्यावसायिक केन्द्र आदर्शनगरस्थित स्काइलाइन मलमा केएफसी सञ्चालनमा ल्याएको हो । 

स्काइलाइन मलमा सञ्चालनमा आउन लागेको केएफसी रेस्टुराँले विभिन्न परिकारका स्वाद र भोजनको अनुभवलाई अझ यादगर बनाउने मलकी सह-सञ्चालिका आशिमा अग्रवालको विश्वास छ । आशिमा अग्रवालका अनुसार केएफसीमा हट एण्ड क्रिस्पी चिकेनदेखि लिएर स्वादिष्ट चिकेन पपकर्न, चिकेन स्ट्रिप्स, र जिङ्गर बर्गरसम्म सबै केएफसी आइटम उपलब्ध हुनेछन् । साथै केएफसीको प्रख्यात केएफसी बकेट पनि पाइने आशिमा अग्रवालले बताइन् । 

 

प्रतिक्रिया दिनुहोस्