आगलागी घटनाका पीडितहरुलाई मधेश प्रदेश सरकारले आवास निर्माण संगै दश हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । मधेश प्रदेश सरकारले विभिन्न जिल्लामा भएको आगलागी घटनामा परेर पीडित भएकाहरुकालागि सो निर्णय गरेको छ ।
गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा शुक्रबार भएको प्रदेश विपद् व्यवस्थापन समितिको बसेको बैठकले प्रति परिवार १० हजार वितरण गर्ने निर्णय गरेको छ । सो बैठकले सर्लाही, सप्तरी र महोत्तरी जिल्लामा भएको आगलागीका कारणले ठूलो मात्रामा धनमालको क्षति भएको छ ।
तीन जिल्लाका सयौ भन्दा बढी घर तथा घरमा भएको धनमाल जलेर नष्ट भएपछि आगलागीका पीडितहरुलाई निकै समस्याबाट गुज्रिनु परिरहेको छ । आगलागीमा परेर घरबार गुमाएकाहरूलाई दिर्घकालीन व्यवस्थापनका लागि प्रदेश सरकारले आवासको निर्माण गर्ने विषयमा पनि प्रदेश विपद् व्यवस्थापन समिति छलफल भएको जनाइएको छ ।
प्रदेश सरकारले घोषणा गरेको रकम गृह, सञ्चार तथा कानुन मन्त्रालयले नै वितरण गर्ने गृहमन्त्री लेखीले बताए । उनले आगलागीमा परेर पीडित भएकाहरूलाई कानुनी प्रक्रिया तथा कर्मचारी तन्त्रका कारणले राहत पाउनमा ढिलाइ भएकोमा दुःख व्यक्त गर्दै यथाशीघ्र प्रक्रियाद्वारा पीडितको आवास निर्माणसमेत गरिने बताए । गर्मीयाम सुरु भएसँगै आगलागीका घटना बढ्न थालेको छ । पछिल्लो समय हरेक जिल्लामा आगलागीका घटना बढेको मधेश प्रदेश प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरीले सङ्कलन गरेको विवरणमा हरेक जिल्लामा आगलागीका घटना भएका छन् । मधेशको सिरहा जिल्लामा सबैभन्दा बढी आगलागीको घटना भएको प्रहरीको तथ्याङ्कले देखाउँछ । आगलागीका घटना कम भएको जिल्ला सर्लाही रहेको छ । सिरहामा २१६ वटा र सर्लाहीमा १०६ आगलागीका घटना भएको छ । यसैगरी सप्तरीमा १७२, धनुषामा १४५, महोत्तरीमा १३०, रौतहटमा १८३, बारामा १२१ र पर्सामा १२८ वटा आगलागीको घटना भएको प्रदेश प्रहरीको तथ्याङ्क छ ।
आगलागीका कारण प्रदेशमा १० महिनाभित्र करिब आधा अर्ब बराबरको धनमाल जलेर खरानी भएको तथ्याङ्क छ । ८ वटै जिल्लामा करिव ४६ अर्व भन्दा बढी रुपैयाँ बराबरको धनमाल जलेर खरानी भएको छ । प्रहरीका अनुसार सप्तरीमा ५ करोड ४१ लाख, सिरहामा ८ करोड २० लाख, धनुषामा ८ करोड ४९ लाख, महोत्तरीमा ४ करोड १४ लाख, सर्लाहीमा ४ करोड ४१ लाख रुपैयाँ बराबरको अनुमानित क्षति भएको छ । यसैगरी रौतहटमा ४ करोड ९८ लाख, बारामा ४ करोड १७ लाख र पर्सामा ५ करोड ७२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी विवरण छ । प्रदेशका अधिकांश जिल्लामा आगलागीको घटना भएको छ ।
दिनहुँजसो कहीँ न कहीँ आगलागीका घटना भइरहेका छन् । एक्कासी गर्मी बढेसँगै आगलागीका घटना बढ्न थालेको प्रहरीको भनाइ छ । मुख्यतः २ कारणले आगलागीका घटना भइरहेका छन् । प्राविधिक गडबडी र मानवीय लापरबाहीका कारण आगलागीका घटना भइरहेको छ ।
मदिराको अत्याधिक सेवनले स्नायु र तन्तुलाई नोक्सान पुर्याउँछ । अत्याधिक मात्रामा रक्सी पिउनाले शरीरमा आवश्यक पोषक तत्त्वहरू जस्तै भिटामिन बी १२ र फोलेट कम हुन्छ । जसकारण स्नायुमा नराम्रो असर पर्छ र हातखुट्टा झमझमाउने समस्या हुनसक्छ ।
त्यस्तै पर्सा जिल्ला खोप समन्वय समितीका प्रवक्ता जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले कोरोना महामारीका कारण पर्सा जिल्लाको चार पालिका बालबालिका लाइ खोप लगाउन सकेका थिएनन् तर अहिले चारै पालिकाले पुर्ण खोप पालिका हुन सफल भएकोमा उहाहरु लाई बधाइ समेत दिएका थिए । पूर्ण खोप नलगाएसम्म बालबालिका सुरक्षित ह्ँदैनन्,’ उनले भने, ‘विभिन्न रोगबाट बचाउनका लागि बालबालिकालाई सरकारले दिने निःशुल्क खोप लगाउनुपर्दछ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद राजु प्रधानाङ्गले आगामी तीन दिनसम्म तराई मधेशका जिल्लामा वर्षा गराउने प्रणाली नभएकाले गर्मी बढ्ने बताए । उनले अनलाइनखबरसँग भने, ‘गएको केही दिन अगाडि जुन किसिमले वर्षा भयो, त्यो वर्षाले तापक्रममा गिरावट भएको थियो । अब वर्षा गराउने प्रणाली नभएकाले आगामी दिनमा गर्मी बढ्ने देखिन्छ ।’
भगवान् विष्णुको छैटौँ अवतारका रुपमा अयोध्याका राजा दशरथका पुत्रका रुपमा श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रुपमा उत्पत्ति भएको वर्णन विभिन्न ग्रन्थमा गरिएको छ । सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रुपमा सम्मान गरिन्छ।
प्रतिक्रिया दिनुहोस्