काठमाडौं, बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवालले पाँच मुद्दामा सफाइ पाएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न मितिमा दायर गरेका पाँचवटा मुद्दामा विशेष अदालतले उनलाई सफाइ दिएको हो।
सोमबार यी पाँचै मुद्दा विशेषका अध्यक्ष टेकनारायाण कुँवर तथा सदस्य मुरारीबाबु श्रेष्ठको इजलासमा परेका थिए। उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी नपुग्ने भन्दै जयसवालसमेतका प्रतिवादीलाई सफाइ दिएका हुन्।
अख्तियारले जयसवालसमेतका विरुद्ध गत वर्ष ३ जेठमा र २४ साउनमा गैरकानुनी लाभका दुई मुद्दा दायर गरेको थियो। यसैगरी, २० असार २०८० मा झुट्ठा विवरण पेस गरी भ्रष्टाचार गरेको भन्दै थप तीन मुद्दा दायर भएका थिए। यी सबैमा सफाइ दिने फैसला भएको हो।
मधेश प्रदेश सरकारको योजनामा निकासा गरी कार्यसम्पन्न नहुँदै रकम भुक्तानी गरेकोजस्ता अभियोग उनीसमेत नगरपालिकाका कर्मचारी, उपभोक्ता समितिका पदाधिकारी, ठेकेदारलगायतमाथि मुद्दा दायर भएको थियो। सामुदायिक भवन निर्माण, खेल मैदान, संग्रहालय भवन निर्माण, सडक ढलानजस्ता कार्यमा अनियमितता भएको अख्तियारको दाबी थियो।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्