वीरगन्ज– विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेका भारतीय नागरिक बब्लु पासवानलाई पर्सा प्रहरीले नियन्त्रणमा लिई सोमबार सार्वजनिक गरेको छ । हत्या, अपहरण, हातहतियार र लागूऔषधको कारोबारमा संलग्न रहेका पासवान नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ सूचिमा रहेका थिए ।
सीमावर्ती भारतीय बजार रक्सौल निवासी पासवान सोमबार राति करिब ११ बजेको समयमा भारतबाट बीआर ०५ एल ६१३९ नम्बरको मोटरसाइकलमा लागू औषध तथा हातहतियारका साथ वीरगन्जतर्फ आइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरी परिचालन गरेको थियो ।
पर्सा प्रहरी प्रवक्ता कुमार विक्रम थापाका अनुसार वीरगन्ज महानगरपालिका– १६ स्थित भुटनदेवी मन्दिर अगाडि सडकखण्डमा उक्त नम्बरको मोटरसाइकल रोकी चेकजाच गर्न खोज्दा मोटरसाइकलमा सवार व्यक्ति भागेका थिए । प्रहरीले दुई राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको थियो । प्रहरीको नियन्त्रणमा आएपछि घाइते व्यक्ति बब्लु पासवान रहेको खुलेको थियो ।
प्रहरी नायव उपरिक्षक समेत रहेको थापाले प्रहरीले पेस्तोलबाट चलाएको गोली पासवानको बाया“ खुट्टाको घु“डामुनी लागेको बताए । घाइते पासवानलाई प्रहरीले नारायणी अस्पतालमा उपचार गराई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको छ । ४५ वर्षीय पासवानको खनतलासी गर्दा प्रहरीले मेड इन युएसए नं. ११ लेखिएको एक थान पेस्तोल, त्यसमा प्रयोग हुने दुई राउण्ड गोली, लागू औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ ४९ ग्राम, ८ सय ८० ग्राम गा“जा बरामद गरेको थापाले जनाए ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार २०७३ जेठ १३ मा वीरगन्जका उद्योगी सुरेश केडियाको वाराको महागढीमाई नगरपालिका– १ स्थित पसाहा पुल नजिकैबाट अपहरण भएको थियो । सो अपहरणका मूख्य योजनाकार पासवान नै रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले जनाएका छन् ।
यसैगरि २०७९ असोज ३ मा काठमाडौको गोठाटार निवासी लाल मोहमदको हत्यामा समेत पासवानको संलग्न रहेका थिए । प्रहरी नायव उपरिक्षक थापाका अनुसार सीमावर्ती रक्सौल बजारमा बसेर नेपालमा पासवानले साना हातहतियार तथा लागू औषध कारोबार गर्ने, यहाका उद्योगी व्यापारीलाई डर धम्की देखाएर असुली गर्ने र नेपाली अपराधीहरुलाई उनले भारतमा संरक्षण गर्दै आएका थिए ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्