गण्डकी प्रदेश र मधेश प्रदेश बीच बिद्धमान पर्यटकीय सम्भावना र अवसरलाई पहिचान गरि दुबै प्रदेश बीच पर्यटन प्रवद्र्धन गर्ने

सम्वादाता | २०८१ बैशाख १५ गते ००: ०० मा प्रकाशित

​​​​​मधेस प्रदेश र गण्डकी प्रदेश बीच पर्यटकीय सम्भावना पहिचान गरि पर्यटन प्रवर्द्धन गरिने  भएको छ।

पर्यटन ब्यवसायी महिला संघ नेपाल (टेवान) की अध्यक्ष कमला गिरीले गण्डकी प्रदेश र मधेश प्रदेश बीच बिद्धमान पर्यटकीय सम्भावना र अवसरलाई पहिचान गरि दुबै प्रदेश बीच पर्यटन प्रवद्र्धन गर्ने बताएकी छिन् । 

पर्यटन ब्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजना तथा वीरगंज उद्योग वाणिज्य संघको सहकार्यमा आयोजित अन्तर प्रदेश पर्यटन प्रवद्र्धन सम्बन्धी छलफल कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले पोखराको प्राकृतीक सुन्दरता लगायत धार्मिक, एतिहासीक, सांस्कृतीक महत्वका बारे मधेश प्रदेशमा सु–सुचित गराउने बताइन् । 

उनले मधेश प्रदेशको धार्मिक र सांस्कृतीक महत्वलाई पोखरेलीहरु माझ जानकारी गराएर एक अर्का ठाँउमा पर्यटकको संख्या बढाउँदै पर्यटन व्यवसायको प्रवद्र्धन गर्ने लक्ष्य यस टोलीको रहेको बताइन् । 

यसैगरी, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले नेपाल कै प्रमुख उद्योगहरु मध्ये एक पर्यटन उद्योग समेत रहेकोले यस क्षेत्रको तिब्रतर बिकाशका लागि साझ सहकार्य र समन्व्यका लागि जोड दिए । 

अध्यक्ष अग्रवालले पोखरा पर्यटन राजधानीको रुपमा घोषण भएकोमा बधाई दिंदै मधेश प्रदेशमा रहेका धार्मिक, एतिहासी स्थलहरुको महत्वका बारे बिस्तृत रुपमा जानकारी गराए । 

स्थल मार्गबाट आउने पर्यटकहरुलाई सिमावर्ती क्षेत्रमा सहजीकरण गर्ने तर्फ राज्य सम्यन्त्रको भुमिका जुन रुपमा देखिनु पर्ने हो सो हाल सम्म पनि अनुभुती गर्न नपाएको बताउँदै भारतीय पर्यटकहरुले आफुसंग लिएर आउने नगद रुपैयाको परिमाण बढाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्