मिस नेपाल २०२४ को लागि वीरगंजमा आवेदन खुल्ला

सम्वादाता | २०८१ बैशाख १४ गते ००: ०० मा प्रकाशित

 बीरगंज , डाबर वाटिक मिस नेपाल २०२४ को लागि आवेदन खुल्ला भएको छ । वीरगंजको होटल भिस्वामा पत्रकार सम्मेलन गरि आयोजकले आवेदन खुल्ला भएको जनाएको हो । आवदेन जेष्ठ १ गते सम्म खुल्ला रहने छ । मिस नेपालको लागि न्युनतमा ५ फिट ३ ईन्च उचाई , १८ देखि २७ बर्षका अविवाहित नेपाली नागरिकले आवेदन दिन सक्ने छन ।

आवेदनमा भाग लिन कुनै शुल्क नलाग्ने र यस बर्षको प्रतियोगितामा तिन मुख्य बिजेता छनौट हुने छ । जसमा मिस नेपाल, मिस नेपाल अर्थ र मिस नेपाल ईन्टरनेशनल रहने छन ।

प्रतियोगिताको लागि बिर्तामोड, ईटहरी, वीरगंज,चितवन,भैरहवा,नेपालगंज,पोखरा,सुर्खेत र काठमाडौं लगायतका शहरमा अडिसन हुने छ । १८ मे २०२४ मा फाईनल अडिसन सम्पन्न भएपछि त्यहाबाट छनौट भएका प्रतियोगिहरुलाई ग्रान्ड फिनालेको लागि प्रशिक्षण दिईने छ ।

मिस नेपाल २०२४ को ग्रान्ड फिनाले साउन १९ गते गोदावरी स्थित सनराईज कन्भेन्सन सेन्टरमा हुनेछ । पत्रकार सम्मेलनमा मिस ईन्टरनेशनल २०२३ का प्रसिद्धि शाह,रोटरी क्लब वीरगंजका आयुश गुप्ता लगायतको उपस्थ्तिी थियो ।

प्रतिक्रिया दिनुहोस्