वार्षिक योजना तर्जुमा र बजेट निर्माण सम्बन्धी प्रशिक्षण सम्पन्न

वीरगन्ज महानगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा युएसएआईडीको सहयोग रहेको थियो ।

सम्वादाता | २०८१ बैशाख १४ गते १८: १४ मा प्रकाशित

वीरगन्ज– सार्वजनिक वित्तीय व्यवस्थापन अन्तर्गत वार्षिक योजना तर्जुमा र बजेट निर्माण सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम वीरगन्जमा सम्पन्न भएको छ । वीरगन्ज महानगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा युएसएआईडीको सहयोग रहेको थियो ।
प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथी रहेको वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले वार्षिक योजना तर्जुमा र बजेट निर्माण सम्बन्धि प्रशिक्ष्ँणले कामकाजमा सहयोग पुग्ने विश्वास लिएको बताए ।
प्रशिक्षणमा सहभागि वडाध्यक्ष र सचिव अगामी दिनमा काम गर्न सहज हुने उनले बताए । उपप्रमुख आलमले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । एकदिने प्रशिक्षण कार्यक्रममा महानगरपालिकाका ३२ वटा वडाका वडाध्यक्ष, महाशाखा प्रमुख र वडा सचिवको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्