व्यवसायिक आचरणमा प्रश्न उठेपछि सिन्धुलीका एसपी विनोद शर्मा तानिए

सोमबार प्रहरी प्रधान कार्यालयले शर्मालाई सिन्धुली प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएको हो ।

सम्वादाता | २०८१ बैशाख १० गते १५: ०० मा प्रकाशित

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) विनोद शर्मा तानिएका छन् । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुवरले एसपी शर्मालाई हेडक्वाटर तानेका हुन् ।
सोमबार प्रहरी प्रधान कार्यालयले शर्मालाई सिन्धुली प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएको हो ।
उनको व्यवसायिक आचरणमा प्रश्न उठेपछि गृह मन्त्रालयकै निर्देशनमा उनलाई हटाइएको स्रोत बताउँछ । उनको २०८० फागुन १ गते सिन्धुलीमा सरुवा भएको थियो । तर, उनी ६ गते मात्र कार्यालयमा हाजिर भएका थिए ।
उग्र स्वभाव भएका एसपी शर्मा पटक पटक विवादमा आइरहन्छन् । उनको ठाउँमा प्रधान कार्यालयले अहिले कसैलाई पनि जिम्मेवारी दिएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्