पर्सा प्रहरीद्धारा १७ लाख बराबरको सामान बरामद

रजतजयन्ती चोक स्थित सडकखण्डबाट ३१५ पिस कुर्ता सुरुवाल, ८०२ पिस टप्स, मोबाईलको कभर, डिस्पले, चार्जर, डाटा केबल, एक हजार ३ सय ८८ केजी प्याज बरामद गरेको थियो ।

सम्वादाता | २०८१ बैशाख ५ गते १६: ५२ मा प्रकाशित

वीरगन्ज– पर्सा प्रहरीले साढे १७ लाख रुपैया मूल्य बराबरको कपडा, प्याज, मोबाईल पार्टस र पाडा/पाडी पक्राउ गरि थप कारवाहीका लागि वीरगन्ज भन्सार कार्यालय बुझाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् डिएसपी कुमार विक्रम थापाका अनुसार विभिन्न ठाउबाट १७ लाख ७२ हजार मूल्य बराबरको सामान भन्सार बुझाएको हो ।

विशेष सूचनाको आधारमा प्रहरीले मंगलबार वीरगन्ज १६ रजतजयन्ती चोक स्थित सडकखण्डबाट ३१५ पिस कुर्ता सुरुवाल, ८०२ पिस टप्स, मोबाईलको कभर, डिस्पले, चार्जर, डाटा केबल, एक हजार ३ सय ८८ केजी प्याज बरामद गरेको थियो ।

यसैगरि इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको टोलीले मंगलबार राति करिब साढे ११ बजेको समयमा ठोरी गाउपालिका २ स्थित सडकखण्डमा ना.३च १०८९ नम्बरको पिकअपमा भारतबाट भन्सार छली चोरी पैठार गरी ल्याएको ५ वटा पाडा र एउटा पाडी नियन्त्रणमा लिएको थियो । पिकअप सहित पाडा/पाडी थप कारवाहीका लागि भन्सार बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्