क्यासिनोमा नेपालीको दादागिरी

आर्दशनगरकै वासिन्दा भएकाले रौनियारले रवाफ देखाउदै केही समयपछि उक्त वेटरको गालामा थप्पड समेत हिर्काएका छन् ।

सम्वादाता | २०८० चैत १८ गते १०: ५५ मा प्रकाशित

वीरगन्ज– वीरगन्जमा सञ्चालित क्यासिनोमा पछिल्लो समयमा नेपालीको दादागिरी बढ्दै गएको छ । क्यासिनो भित्र प्रवेश गर्न नपाउदा गेटमा खटिएका गार्डलाई गालीगलौज गर्ने देखि लिएर वेटरलाई कुटपिट समेत गरेको घटना बाहिरिएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १० निवासी सन्दीप रौनियारले आइतबार विहान ३ बजेतिर किंगस क्यासिनोको वेटरलाई खरबुजा नदिएको निहुमा गालीगलौज गर्दै गालामा एक थप्पड हिर्काएको दृश्य बाहिरिएको हो ।

अर्को गेस्टले अर्डर गरेको खरबुजा रौनियारले जबरजस्ती लिन खोज्दा वेटरले रोकेका थिए । वेटरले दिन नमानेपछि उनले खरबुजाको प्लेट वेटरको हातबाट खोसेर फालिदिएको दृश्यमा प्रस्ट देखिएको छ । त्यसपछि रौनियारले टेबलमा राखिएको अर्को गेस्टको खरबुजाको प्लेट समेत उठाएर फालिदिएका छन् ।

 

आर्दशनगरकै वासिन्दा भएकाले रौनियारले रवाफ देखाउदै केही समयपछि उक्त वेटरको गालामा थप्पड समेत हिर्काएका छन् । अर्को गेस्टले वर्डर गरि मगाएको खरबुजा सन्दीप रौनियारलाई नदिंदा पिटाई खानुपरेको वेटरले बताएका छन् । रौनियारले वेटरलाई थप्पड हिर्काएपछि क्यासिनोका अन्य स्टाफले रोकथाम गरेका थिए ।

बिना कारण गालीगलौज र पिटाई खाएका वेटर बार तिर गएर रुन थालेपछि उनका अन्य सहकर्मीले रौनियारलाई धक्का दिदै गेट बाहिर निकालेका थिए । बाहिर निस्किएपछि रौनियारले आफ्नो साथीहरुलाई बोलाएर क्यासिनोले पैसाको विवाद देखाएर बाउन्सर लगाएर पिट्न लगाएको प्रचारबाजी गरेका थिए ।

आइतबार दिउसो वडा प्रहरी कार्यालय विर्ताको टोलीले क्यासिनो पुगेर सिसिटिभी भिडियो लगेको भएपनि हालसम्म वेटर कुट्ने रौनियारलाई कारवाही भने गरेको छैन् । 

प्रतिक्रिया दिनुहोस्