वीरगन्जको नारायणी रंगशालाको डिपिआर बमोजिम बजेट विनियोजन गर्न पूर्वमन्त्री यादवको माग

प्रतिनिधिसभाको बुधबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलका क्रममा जसपा सांसद यादवले मधेस प्रदेशमा सबैभन्दा ठूलो समस्याको रुपमा रहेको रासायनिक मलको अभाव हुन नदिने स्पष्ट योजना ल्याउन सरकारसँग माग गरेका छन् ।

सम्वादाता | २०८० चैत ७ गते १८: ३५ मा प्रकाशित

काठमाडौँ — पूर्व मन्त्री एवम् पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले वीरगन्जमा रहेको मुलुककै दोस्रो ठूलो रंगशाला निर्माणका लागि डिपिआर बमोजिम सरकारले न्यून बजेट पठाएको गुनासो गरेका छन् ।

जनता समाजवादी पार्टीका प्रमुख सचेतक समेत रहेका यादवले आर्थिक वर्ष २०८०/८१ को बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिंदै प्रतिनिधिसभाको बुधबारको बैठकमा आफ्नो धारणा राख्ने क्रममा वीरजंग स्थित नारायणी रंगशाला जिर्ण रहेकाले रंगशाला निर्माणका लागि डिपीआरअनुसार २ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गर्नुपर्नेमा जोड दिएका थिए ।

यसै गरि उनले निर्वाचन क्षेत्र पूर्वाधार विकासको लागि कम्तीमा १० करोड रकम विनियोजन गर्नु पर्यो । इलेक्ट्रिक इभी कारहरुलाई प्रोत्साहन गर्नु जरुरी छ । आलु र प्याजमा भ्याट हटाउनुपर्छ । मधेश प्रदेश विकासको मामलामा पछि परेको छ । यसकारण मधेशको विकासको लागि प्याकेजमा विकास बझेट विनियोजन गर्न अनुरोध छ । कृषि औजार कारखानालाई सञ्चालनको लागि अभियन्ता महावीर पुनलाई पुनः जिम्मा दिइएको छ । तर बजेट दिइएन । चुरे संरक्षण योजनाको विकास हुनेगरी योजना ल्याउनु जरुरी छ ।

पर्सा वन्यजन्तु आरक्षमा विकास आवश्यक छ । बन्द रहेको जनकपुर चुरोट कारखाना सञ्चालनमा ल्याउन सरकारको ध्यान जाओस् । कोशी टप्पु वन्यजन्तु आरक्षको विकास गर्ने, कमलामाई डाइभर्सनको विकास हुनुपर्यो । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादवले किसानलाई मलको अभाव हुन नदिने योजना के छ रु भनेर सरकारलाई प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलका क्रममा जसपा सांसद यादवले मधेस प्रदेशमा सबैभन्दा ठूलो समस्याको रुपमा रहेको रासायनिक मलको अभाव हुन नदिने स्पष्ट योजना ल्याउन सरकारसँग माग गरेका छन् ।
त्यसका लागि सरकारले आगामी आर्थिक वर्षमा कस्ता योजना ल्याउन लागेको हो भन्नेबारे संसद्लाई जानकारी दिन पनि यादवले आग्रह गरेका छन् ।

मधेशको सबैभन्दा खतरानाक अवस्था रासायनिक मल हो । किसानको कुरा हामी गर्छौं । चर्को भाषण गर्छौं । सबै अर्थमन्त्रीहरूले रासायनिक मलको अभाव हुन दिँदैनौ भनेर भन्नुहुन्छ । कृषिमन्त्रीजी पनि आएर त्यसै फलाकीहाल्नुहुन्छ । बोल्नमा कोही पनि कम छैन । तर किसानले मल पाउँदै पाउँदैन,ु यादवले सोधे, ुके अर्थमन्त्रीजी यसपाली चाँही किसानलाई मलको व्यवस्था गरिदिनुहुन्छ रु त्यसको पनि किसानले नगदै पैसा दिन्छ । पैसा लिएर घुमिराखेको हुन्छ । तर पनि मल पाउँदैन ।

यादवले वितरणमुखी भन्दा पनि परिणाममुखी बजेट ल्याउनका लागि सरकारसँग आग्रह गरेका छन् । उनले भने, वितरणमुखि भन्दा परिणाममुखि बजेट ल्याउन जरुरी छ । सामाजिक सुरक्षा भत्तामा गम्भिरतापूर्वक ध्यान दिन जरुरी छ । अर्बपतिका बुबाआमाले पनि सामाजिक सुरक्षा भत्ता पाइराखेको छ । त्यसकारण गरिब को हो, धनी को हो रु त्यसलाई छुट्टयाएर मात्रै सामाजिक सुरक्षा भत्ता दिन जरुरी छ,’ उनले भने । जनकपुर चुरोट कारखाना पुनः सञ्चालनमा ल्याउन पनि सरकारलाई यादवले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्