वीरगन्ज– पर्सा प्रहरीले फागुन महिनामा भन्सार राजस्व छली गरि भित्र्याइएका ३ करोड ३९ लाख बराबरको सामान बरामद गरि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार एक महिना अवधिमा अवैध तरिकाले भित्र्याउन लागिएको चिनी, खाने तेल, चक्लेट, प्याज लगायतका खाद्यान्न, हार्डवेयर पार्टस, विभिन्न किसिमका लत्ताकपडा, पेयपदार्थ कोल्ड ड्रिंक्स, जुत्ता चप्पल र भाडाकुडा बरामद गरिएको हो ।
पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक कुमोध ढुंगेलका अनुसार सो अवधिमा विभिन्न मुद्दाका फरार रहेका ९३ जना प्रतिवादीहरुलाई समेत पक्राउ गरिएको छ । सोही अवधिमा २ हजार ५८५ थान प्रतिबन्धित ट्याब्लेट, १४ केजी गांजा र २० ग्राम खैरो हिरोइन बरामद भएको छ । फागुन पहिलो साता सरुवा भई पर्साको कमाण्ड सम्हालेका एसपी ढुंगेलले अवैध कारोबारमा कडाई गरेका छन् ।
करिडोर चौडा भएदेखि नै ठूला मालवाहक ट्रक र पर्यटक बोकेका बस गैँडाकोटबाट जैमिनीधाम, बागलुङ कालिका, पञ्चकोट हुँदै मुक्तिनाथ पुग्ने गरेका छन्। कालोपत्र सम्पन्नपछि यो क्षेत्रमा सवारीको चाप निकै हुने देखिन्छ भने भारतबाट बागलुङ, म्याग्दी र मुस्ताङ भित्रिने छोटो मार्ग यही करिडोर भएको उनको भनाइ छ।
हाल स्वास्थ्य सेवाका कर्मचारीको व्यवस्थापन र सेवा सञ्चालन स्वास्थ्य सेवा ऐन २०५३ अनुसार भइरहेको छ । अहिले तीन तहको कर्मचारीसम्बन्धमा अन्र्तसम्बन्ध कायम गर्न जटिलता देखिएको छ । यसका अलावा स्वास्थ्य सेवामा रहने पद र वृत्तिविकासमा सम्बन्धमासमेत अन्यौल रहेकाले ऐनले त्यो विषय चिर्ने विश्वास लिइएको छ ।
कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस्