सुनको सिक्रीको लोभमा जब सरकारी जागिरेले गुमाए प्रतिष्ठा

बेहुली पक्षका अनुसार सरकारी जागिरे दुलहापक्ष सुरुदेखिनै रवाफ देखाउदै आएका थिए । जुन विहेको रातपनि जारी नै रहेको थियो ।

सम्वादाता | २०८० फागुन २९ गते १९: ०० मा प्रकाशित

वीरगन्ज– दाइजोमा सुनको सिक्री नपाएको निहुमा विवाह मण्डपबाट उठेका बेहुला सोमबार राति देखि प्रहरीको नियन्त्रणमा रहेका छन् । १२ लाख रुपैया नगद, मोटरसाइकल खरिद गर्नका लागि ३ लाख २५ हजार, ल्यापटप र सुनको औठी लिइसकेका बेहुृला बच्चालाल साह गोढले विवाह मण्डपमा अचानक सुनको सिक्रीको माग गरेपछि विवाद सृजना भएको देखिन्छ । 

वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कम्प्युटर अपरेटरको पदमा कार्यरत वाराको कलैया उपमहानगरपालिका निवासी गोढ सोमबार राति जन्ती लिएर वीरगन्ज २५ रामगढवा आएका थिए । बेहुली पक्षका अनुसार सरकारी जागिरे दुलहापक्ष सुरुदेखिनै रवाफ देखाउदै आएका थिए । जुन विहेको रातपनि जारी नै रहेको थियो ।

बरमालामा आशिर्वाद दिन पुगेका बेहुलीका आफन्तलाई बेहुलाले कुनै इज्जत नै दिएनन् । मण्डपमा पुगेर अचानक सुनको सिक्री माग गरेपछि विवाद चर्किएको थियो । ‘सुनको सिक्री नपाउन्जेल विवाह अगाडि नबढाउने अड्डी कसे,’ अर्का स्थानीय रामकिशोर कुर्मीले भने, ‘केही समयपछि नै सिक्री नपाएकाले विवाह नगर्ने भन्दै मण्डपबाट बेहुला उठे ।’ 

बेहुला मण्डपबाट उठेपछि बेहुलीका आफन्तले रोक्ने प्रयास गर्दा विवाद भएको थियो । मण्डपमा अचानक सुनको सिक्री डिमान्ड गरेका बेहुलाले दाइजोमा यसअघि नै १२ लाख नगद, मोटरसाइकल खरिदका लागि ३ लाख २५ हजार रुपैया“, ७५ हजारको ल्यापटप र एउटा सुनको औठी लिइसकेको बेहुलीको परिवारले जनाएका छन् ।

बेहुलाका बुवा सुखल साहले छोरीले राम्रो घरपरिवार पाइन् भनेर ऋण खोजेर भएपनि दाइजोको व्यवस्था गरेको बताउछन् । ‘जन्तीको स्वागतमा समेत कुनै कमि कमजोरी हुन दिएका थिएनौ“,’ उनले भने, ‘अचानक सिक्रीको डिमान्ड भएपछि अहिले पैसाको व्यवस्था हुन सकेन्, बिहे पछि दिन्छौ“ भनेका थियौ“ । तर, पनि उहाहरु मान्नु भएन् ।’

विवाद भएपछि बेहुला लगायत ६ जनालाई राति प्रहरीले नियन्त्रणमा लिएको उनले खुलाए । पर्सा प्रहरी प्रवक्त एवम् प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाका अनुसार वडा प्रहरी कार्यालय श्रीपुरबाट दुुबै पक्षलाई जिल्ला प्रहरी कार्यालय बोलाइएको बताए । बेहुला सहित ६ जना प्रहरीकै नियन्त्रणमा रहेको थापाले जनाए । ‘घटना बारे सत्य तथ्य बुझ्दै छौ“,’ थापाले भने, ‘जाहेरी आएको खण्डमा कानुन बमोजिम कारवाही गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस्