वीरगन्जमा भव्य रुपमा निकालियो ‘जगन्नाथ रथयात्रा’

सम्वादाता | २०८० फागुन १२ गते ०७: २२ मा प्रकाशित

वीरगञ्ज  ईस्कोन वीरगञ्जको आयोजनामा  कडा सुरक्षाका बीच जगन्नाथ रथयात्रा निकालिएको छ

शनिबार बिहान घण्टाघर चोकबाट सुभारम्भ गरि निकालिएको जग्गनाथ रथयात्रा माईस्थान, महाविरस्थान, अलखियामठ, पुजन होटल चोक, कैलाश होटल चोक,ठाकुरराम क्याम्पस,स्वीमीङ पुल हुदैं आदर्शनगरस्थित पूरानो बसपार्कमा पुगेर समापन भएको थियो

कडा सुरक्षाका बीच रथयात्रामा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, उद्योगी व्यवसायीहरु, चिकित्सक, स्थनीय अगुवाहरु, भद्रभलादमी, समाजसेवी, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत हजारौँको सङख्यामा भक्तजनहरुको सहभागीता रहेको ईस्कोन वीरगञ्जका अध्यक्ष रुपसनातन दासले जानकारी दिए ।

केही दिन अघि मात्रै वीरगञ्जमा भएको झडपका कारण रथयात्रा परिक्रमा गर्ने स्थानका चोकचोकमा बिहानैदेखि ठूलो संख्यामा नेपाल प्रहरीकासाथै सशस्त्र प्रहरीपनि परिचालन गरिएको थियो

प्रतिक्रिया दिनुहोस्