वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न समयमा सवारी चेकिङ र बेवारिसे रूपमा फेला पारेका मोटरसाइकलमा स्वामित्व हक दाबी गर्न सूचना जारी गरेको छ। पर्सा प्रहरी कार्यालयको प्रबन्ध शाखाले प्रहरी कार्यालयमा सुरक्षित साथ राखिएको एक सय ७८ वटा मोटरसाइकलको स्वामित्व हक दाबी गर्न बिहीबार सूचना जारी गरेको हो। पर्साका प्रहरी प्रवक्ता कुमारविक्रम थापाका अनुसार सूचना जारी भएको १५ दिनभित्र मोटरसाइकलधनीले आफ्नो कागजात लिएर प्रबन्ध शाखामा सम्पर्क गर्नुपर्नेछ। लामो समयदेखि कार्यालयपरिसरमा राखिएका मोटरसाइकललाई सक्कल कागजात लिएर दाबी गर्न नआएको खण्डमा कानुनी प्रक्रियाअनुसार लिलामी प्रक्रियामा जाने प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए। प्रहरी कार्यालयमा विभिन्न कम्पनीको मोटरसाइकल राखिएको भए पनि स्वामित्व हक दाबी गर्न अहिलेसम्म सवारीधनी नआएकाले सूचना जारी गरिएको उनले बताए।
क्षतिमा ३४ रन बनाएको अवस्थाबाट गर्नेछ । उसका लागि इशान पाण्डे नौ र शुभ कंसकार २२ रनमा क्रिजमा छन्। पहिलो इनिङ्समा मधेशले बागमतीलाई १०२ रनमा समेटेको थियो ।
नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट प्रमाणित उक्त खोप १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपिभीको सङ्क्रमणबाट सुरक्षित हुन अभियान सञ्चालन गर्न लागिएको हो ।
परिवारका अनुसार प्रसाई पुस १५ गते बिहान बरहथवा नगरपालिका–९ मूर्तियाबाट इँटाको पैसा लिएर फर्किने क्रममा बेपत्ता भएका थिए । सर्लाही प्रहरीले उनको शव उत्खनन गरेर पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवा लगेको छ । घटनाको प्रकृतिले उनको हत्या भएको प्रहरीको अनुमान छ ।
‘सरकारी तथा गैरसरकारी कर्मचारीको तलब स्वास्थ्य बीमा आबद्ध अनिवार्य हुनुपर्ने सुझाव दिइएको छ,’ ती सदस्यले भने, ‘आम्दानीको आधारमा अन्य व्यक्तिको पनि प्रिमियम शुल्क तोक्न सिफारिस गरेका छौं ।’
प्रतिक्रिया दिनुहोस्