काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ३ का वडा अध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले सेवाग्राहीबाट पाँच लाख रुपैयाँ घुस रकम लिएको पुष्टि भएको दाबी गर्दै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । क्षेत्रीले घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको सूचना प्राप्त गरेपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो । सोही क्रममा अख्तियारको हेटौंडास्थित कार्यालयबाट खटिएको टोलीले केही दिनअघि क्षेत्रीलाई सेवाग्राहीबाट पाँच लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । बुधबार दायर गरिएको मुद्दामा वडाध्यक्ष क्षेत्रीसँग पाँच लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।
यसअघि समितिले सहकारी दुरुपयोगमा आरोपित, पीडित, सरोकारवाला निकाय लगायतसँग छलफल गरेको थियो । सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न संसद्ले गत १५ गते छानबिन समिति गठन गरेको थियो ।
पानीको बहाव बढेपछि ढल निकास हुन पाउँदैनन् । ठाउँठाउँमा फोहोर पानीको आहाल बन्छ । जसले लामखुट्टेलाई बढाउँछ । संक्रमण भएको जनावरलाई टोकेको लामखुट्टेले मानिसमा सार्ने जोखिम हुन्छ ।
पर्सागढी नगरपालिका वडा नम्बर ३ स्थित झाबराहा रिर्सोटमा सम्पन्न भएको बैठकमा संगठन सुदृढीकरण, जनताको अधिकार र समृद्धिको दिशामा पार्टीले लिएका रणनीतिहरुमा विस्तृत छलफल भएको पर्सागढी नगरपालिकाको मेयरका प्रत्यशी सुरज मानन्धरले बताए ।
प्रतिक्रिया दिनुहोस्