अमेरिकाको नेशनल जियोग्राफिक म्यागजिनले तयार पारेको विश्वका उत्कृष्ट होटलको सूचीमा नेपालको मुस्ताङस्थित सिन्तामणि पनि परेको छ । जहाँ एक रात बिताउन करसहित २ लाख ७३ हजार रुपैयाँ तिर्नुपर्छ ।
काठमाडौं । अमेरिकाको नेशनल जियोग्राफिक म्यागजिनले तयार पारेको विश्वका उत्कृष्ट होटलको सूचीमा नेपालको मुस्ताङस्थित सिन्तामणि पनि परेको छ । जहाँ एक रात बिताउन करसहित २ लाख ७३ हजार रुपैयाँ तिर्नुपर्छ ।
यो सूचीमा एसिया महादेशबाट तीनवटा होटल पर्न सफल भएका छन् । जसको पहिलो स्थानमा नेपालको सिन्तामणि परेको हो । स्थानीय ढुंगा प्रयोगबाट निर्मित यो रिसोर्ट दुई वर्षअघि मात्र निर्माण सम्पन्न भई सञ्चालनमा आएको थियो । पदयात्रा, स्थानीय परिकार र संस्कृतिका कारण यो रिसोर्ट उत्कृष्ट सूचीमा परेको हो । यहाँ शताब्दिऔं पुराना बौद्ध गुम्बाको अनुभूति गर्न सकिन्छ ।
हिमाली याककाे मोमो, तिब्बती थुक्पा जस्ता परिकारको समेत नेशनल जियोग्राफिकले प्रशंसा गरेको छ । यो सूचीमा श्रीलंकाबाट कुरुलु बे र भुटानको इन्ड बियोन्ड पुनाखा रिभर लजसमेत परेका छन् ।
नेशनल जियोग्राफिकका सम्पादक, लेखक, फोटोग्राफर र अन्वेषकले यो सूची तयार पारेको यसको अनलाइन साइटले जनाएको छ ।
नेपालको हिमालयको दुर्गम स्थानदेखि लक्स लन्डन क्र्यास प्याडसम्म मन पराइएका उत्कृष्ट होटलमा परेका छन्,’ नेशनल जियोग्राफिकले लेखेको छ ।
नेशनल जियोग्राफिक अमेरिकाबाट सन् १८८८ देखि निरन्तर प्रकाशित हुँदै आएको मासिक म्यागाजिन हो । यसको मासिक सर्कुलेसन १८ लाख प्रति छ ।
सिन्तामणि कसको हो ?
सिन्तामणि होटल एन्ड रिसोर्ट शेर्पा हस्पिटालिटी ग्रुपअन्तर्गत सञ्चालनमा छ । यो रिसोर्ट सम्भवतः नेपालकै सबैभन्दा महँगोमध्ये पर्छ । यो २८ साउनबाट सञ्चालनमा आएको हो ।
यती समूहको शेर्पा हस्पिटालिटीको यो रिसोर्टमा २९ कोठा छन् । यसमा बास बस्न स्वदेशी वा विदेशी जो भए पनि कम्तीमा पाँच दिनसम्मको बुकिङ गर्नुपर्छ ।
सिन्तामणिमा बास बस्ने रातको १ हजार ८ सय अमेरिकी डलर भाडा तिर्नुपर्छ। यो भाडामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र २ प्रतिशत लक्जरी कर जोडिएको छैन । दुई जनाका लागि बनाइएको यो प्याकेजमा कोठा, वेलनेस प्रोग्राम, खाना र पेय उपलब्ध गराइएको रिसोर्टले जनाएको छ ।
केन्द्रीय महाधिवेशनको एक महिनापछि महासंघले नयाँ नेतृत्व चयन गर्ने विधानमा व्यवस्था छ। त्यसका लागि महासंघको निर्वाचन आगामी जेठ १९ गते गर्ने निर्णय केन्द्रीय समिति बैठकले गरिसकेको छ।
श्रमाधान योजना भित्रका सात कार्यक्रमलाई क्रमिक रुपमा सञ्चालनमा ल्याइने मन्त्रालयले जनाएको छ । पहिलो चरणमा श्रमाधान कल सेन्टर सञ्चालन गरिने श्रममन्त्री डोल प्रसाद अर्यालले बताए ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरुले वैदेशिक रोजगारीमा पठाउने भन्दै ४२२ जनाबाट कुल ३ करोड रुपैयाँ लिएर विदेश नपठाएको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी साुनराम भट्टराईले बताए ।
सर्वोच्चले वैज्ञानिक कारणविना जथाभावी रूपमा मापदण्ड संशोधन नगर्न पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहितका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। सर्वोच्चले यसअघि ८ असार ०७९ मा संशोधित मापदण्ड लागू नगर्न अन्तरिम आदेश जारी गरेकामा हाल आएर बदर नै गरिदिएको हो।
प्रतिक्रिया दिनुहोस्