पत्रकार आफै अदालत, आफै न्यायाधिश, आफै अख्तियार बनेर समाचार लेख्नु चिन्ताको विषय - मेयर सिंह

मेयर राजेशमान सिंहले पत्रकारहरुले पित पत्रकारिता गरेको भन्दै दुःख व्यक्त गरेका छन् ।

सम्वादाता | २०८० माघ १५ गते १६: २२ मा प्रकाशित

वीरगन्ज– वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पत्रकारहरुले पित पत्रकारिता गरेको भन्दै दुःख व्यक्त गरेका छन् । सोमबार प्रेस सेन्टर नेपालको २० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सिंहले सो कुरा बताएका हुन् । उनले भने, ‘पत्रकार आफै अदालत, आफै न्यायाधीश, आफै अख्तियार बनेर निर्णय गरेका कारण दुःख लाग्छ ।’ यसमा पत्रकारले ध्यान दिनुपर्ने आवश्यक छ।

मिडियाले सरकारले गरेको राम्रो काम प्रशंसा गर्नुपर्ने र गलतलाई गलत भन्नसक्नुपर्ने बताए । मेयर सिंहले प्रेस सेन्टर नेपाल स्थापना दिवसको शुभकामना दिँदै पत्रकारको हकहितका लागि काम गर्न आग्रह गरे । सो क्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले विकास निर्माणका काम समयमै नसक्ने ठेकेदारलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्दै मेयर सिंहले भने, ठेक्का सम्झौता गरेर समयमा विकास निर्माणका काम नगर्ने ठेकेदारको प्रवृत्ति स्थानीय तहका लागि ठूलो चुनौती भएको छ। त्यसकारण कानून संशोधन गरेर भएपनि समयमा काम नसक्ने ठेकेदारलाई कानूनी कारबाहीको दायरामा सरकारले ल्याउनु पर्छ।

 

प्रतिक्रिया दिनुहोस्