वीरगन्ज – बीरगन्ज महानगरपालिका आम सञ्चारमाध्यम प्रबद्र्धन तथा नियमन समिति आज सम्पन्न वैठकले बीरगंजका पत्रकारहरुका लागि आपतकालिन कोष खडा गर्ने निर्णय गरेको छ ।
आम सञ्चारमाध्यम प्रबद्र्धन तथा नियमन समितिका संयोजक ध्रुव अधिकारीको अध्यक्षतामा आज महानगरपालिकाको सभा हलमा सम्पन्न वैठकले वीरगंजका श्रमजीवी पत्रकारहरुलाई आपतकालिन अवस्थामा तत्काल सहयोग र राहत उपलब्ध गराउन आपतकालिन कोष निर्माण गर्ने निर्णय गरेको छ ।
वैठकले कोष खडा गर्ने सम्बन्धमा नगर प्रमुखसँग परामर्श गरी पारदर्शी रुपमा कोष संचालनको कार्य विधि समेत बनाउने भएको छ । त्यसैगरी वैठकले बीरगंज महानगरपालिकाले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन प्रकाशन प्रशारणको प्रभावका सम्बन्धमा संयोजक ध्रुव अधिकारीको नेतृत्वमा समिति गठन गरी अनुगमन गर्ने जिम्मेवारी समेत तोकेको छ ।
वैठकले लोक कल्याणकारी विज्ञापन प्रवाहलाई थप प्रभावकारी बनाउने निर्णय समेत गरेको संयोजक अधिकारीले बताउनु भयो । बैठकमा समितिका सदस्य वृजलाल पासवान, मनोज पटेल, अमित अग्रवाल, मुस्कान श्रेष्ठ, माधुरी महतो, अमित साह, सदस्य सचिव हरिओम प्रसाद चौधरी, महानगरपालिकाका प्रशासन प्रमुख राज ताम्राकार लगायतको सहभागिता रहेको थियो ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्