अवैध रुपमा सञ्चालन हुदै आएको एम्बुलेन्स प्रहरी नियन्त्रणमा

डीएसपी थापाका अनुसार भन्सार राजस्व छली उक्त नम्बरको एम्बुलेन्स जिल्लाको ग्रामीण क्षेत्र तथा महानगरपालिकामा अनाधिकृत रुपमा सञ्चालन हुदै आएको थियो ।

सम्वादाता | २०८० पौष ३ गते १५: २२ मा प्रकाशित

वीरगन्ज – अवैध रुपमा सञ्चालन हुदै आएको भारतीय नम्बरको एम्बुलेन्स गाडीलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा प्रहरीले सोमबार दिउसो करिब साढे दुई बजेको समयमा वीरगन्ज महानगरपालिका– १३ स्थित तराई अस्पताल अगाडिको सडक खण्डबाट बीआर १ एपी ५२९१ नम्बरको भारतीय एम्बुलेन्स नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जनाए ।
डीएसपी थापाका अनुसार भन्सार राजस्व छली उक्त नम्बरको एम्बुलेन्स जिल्लाको ग्रामीण क्षेत्र तथा महानगरपालिकामा अनाधिकृत रुपमा सञ्चालन हुदै आएको थियो । भारतीय बोलेरो मोडेलको एम्बुलेन्समा स्कारपियो गाडीको पार्टसहरु लगाएर स्वरुप समेत परिवर्तन गरिएको उनले खुलाए । एम्बुलेन्स चालक भारत विहारको पूवी चम्पारण पलनवा निवासी ३० वर्षीय महमद नेजामुदिनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान र कारवाहीका लागि चालक र एम्बुलेन्सलाई वीरगन्ज भन्सार कार्यालय बुझाएको डीएसपी थापाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्