५ लाख घुससहित वडाध्यक्ष पक्राउ

उनको साथबाट उप्रेतीले दिएको पाँच लाख रुपैयाँ घुसको रकमसहित अख्तियारको टोलीले बरामद गरेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

सम्वादाता | २०८० पौष २ गते १६: ३९ मा प्रकाशित

वीरगन्ज– सेवाग्राहीसँग घुस लिएको आरोपमा बारा जितपुर सिमरा उपमहानगरपालिका– ३ का वडाध्यक्ष तारा कार्की पक्राउ परेका छन् ।
उनलाई हेटौंडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पाँच लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो । वडाध्यक्ष कार्कीले सडक बाटो सिफारिका लागि स्थानीय जग्गा व्यवसायी राजन उप्रेतीसँग पाँच लाख रुपैयाँ घुस मागेका थिए ।
जितपुरस्थित जैसवाल होटेलमा घुस लिँदै गर्दा अख्तियारको टोलीले कार्कीलाई पक्राउ गरेको हो । उनको साथबाट उप्रेतीले दिएको पाँच लाख रुपैयाँ घुसको रकमसहित अख्तियारको टोलीले बरामद गरेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्