वीरगन्ज महानगरले सौन्दर्यकरणका लागि राखेको रांगाको शालिक स्थानीयले भत्काए

विगत देखि नै हनुमान चौकको रुपमा परिचित रहेको परवानीपुर चौकमा रांगाको शालिक राखेदेखि केही स्थानीयले असन्तुष्टि पोखेका थिए ।

सम्वादाता | २०८० मंसिर ३० गते १८: १६ मा प्रकाशित

वीरगन्ज– सौन्दर्यकरणका लागि वीरगन्ज महानगरपालिकाले परवानीपुर चोकमा राखेको रांगाको शालिक स्थानीयले शनिबार भत्काएका छन् । शालिक भत्काएको आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । पछिल्लो समयमा वीरगन्ज महानगरपालिकाले सहर सौन्दर्यकरणका लागि मूख्य सडक र चौकमा बाघ, जिराफ, हरिण र रागाको शालिक राखेको छ । विगत देखि नै हनुमान चौकको रुपमा परिचित रहेको परवानीपुर चौकमा रांगाको शालिक राखेदेखि केही स्थानीयले असन्तुष्टि पोखेका थिए ।
स्थानीयले दुई साता अगाडि वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई ध्यानाकर्षण गराउदै रांगाको शालिक हटाउन ज्ञापनपत्र समेत बुझाएका थिए । करिब तीन साता अगाडि महानगरपालिका कार्यालयले त्रिभुवन राजपथ अन्तर्गतको परवानीपुर चौकमा रागाको शालिक राखेको थियो । शालिक भत्काएको आरोप स्थानीय ६ जना युवालाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक धर्मजंग थिङले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्