पत्रकार स्व.नरेश सर्राफको प्रथम स्मृति सभा सम्पन्न

स्वर्गिय सर्राफको पहिलो वार्षिकीमा समाजवादी प्रेस संगठन पर्सा, रेडियो वीरगंज र राष्ट्रिय सहारा दैनिकले संयुक्त रुपमा आयोजना गरेको स्मृति सभा सम्पन्न भएको हो ।

सम्वादाता | २०८० मंसिर १५ गते १४: ३७ मा प्रकाशित

वीरगन्ज – नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्य तथा वीरगन्जका क्रियाशिल पत्रकार स्वर्गीय नरेश सर्राफको प्रथम स्मृति सभा आज वीरगंजमा सम्पन्न भएको छ । स्वर्गिय सर्राफको पहिलो वार्षिकीमा समाजवादी प्रेस संगठन पर्सा, रेडियो वीरगंज र राष्ट्रिय सहारा दैनिकले संयुक्त रुपमा आयोजना गरेको स्मृति सभा सम्पन्न भएको हो ।
रेडियो वीरगंज परिसरमा भएको स्मृति सभालाई सम्बोधन गर्दै वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले स्वर्गिय नरेश सर्राफको नाम जिवन्त राख्न महानगरपालिकाले सहयोग गर्न सधै तयार रहेको वताए ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मेयर सिंहले बर्षमा एक दिन मात्र नभई दुईरतीन पटक भएपनि विभिन्न कार्यक्रमको आयोजना गरि स्वर्गिय सर्राफको नाम जिवन्त राख्न र उहाँले पुर्याएको योगदानको चर्चा गर्नु पर्ने वताए ।
कार्यक्रममा आयोजकको तर्फबाट समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेलले स्वर्गिय नरेश सर्राफको नाम जिवन्त राख्न र उहाँको समझनामा विभिन्न कार्यक्रमको आयोजना गर्न नरेश सर्राफ स्मृति प्रतिष्ठान गठन गरिने वताए ।
उनले सोही प्रतिष्ठानले अबदेखि प्रत्येक वार्षिकीको अवसरमा स्मृति सभासहितको विभिन्न कार्यक्रम गर्नुको साथै स्वर्गिय नरेश सर्राफ पत्रकारिता पुरस्कार समेत विरतण गर्ने जानकारी गराए

प्रतिक्रिया दिनुहोस्