वीरगन्ज – पर्सा प्रहरीले १० कठ्ठा खेतमा लगाइएको गाजाको विरुवा नष्ट गरेको छ । पर्साको ठोरी गाउपालिकाको वडा नम्बर ३ र ४ मा अवैध रुपले लगाइएको गाजाको विरुवा प्रहरीले नष्ट गरेको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए । बुधबार प्रहरी निरीक्षक सन्तोष राईको कमान्डमा खटिएको टोलीले करिब ८ हजार गाजाको बोट नष्ट गरेको पर्सा प्रहरी प्रवक्ता समेत रहेको थापाले जनाए । गाजा खेतीमा संलग्न व्यक्तिहरुको पहिचान तथा खोजतलास गरि कानून बमोजिम कारवाही गरिने प्रहरीले जनाएको छ । ‘१० कठ्ठा जग्गामा लगाइएको करिब गाजाका करिब ८ हजार बोट नष्ट गरिएको छ,’ प्रहरी नायब उपरीक्षक थापाले भने, ‘अवैध रुपले गाजा खेतीमा संलग्न रहेकाको पहिचान गरि कारवाही गरिने छ ।’
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्