जिल्ला समितिमा दुई तिहाई मतले अल्मतमा रहेका बन्जारा केन्द्रीय समितिको बैठकमा पुगेपछि पर्सेली चौतारीले गरायो ध्यानाकर्षण

पर्सामा चौतारीको नाममा आर्थिक अपचलन गरी विपक्षी युनियन र सेन्टरसँग साँठगाँठ गर्दै चौतारीलाई बर्वाद बनाउने काम गरेका चौतारीका श्याम बन्जारा र चौतारीबाट राजनीनामा दिएका केसी लामिछानेलाई केन्द्रले छानविन र कार्वाही गर्नुको साटो काखी च्याप्नुको कारण के हो ?

सम्वादाता | २०८० मंसिर १२ गते २२: ४० मा प्रकाशित

वीरगन्ज – सांगठनिक कदमलाई रद्दीको टोकरीमा थन्क्याई आर्थिक अपचलनमा रमाउने चौतारी पर्साको नेतृत्व प्रति प्रेस चौतारी नेपाल केन्द्रले आफ्नो केन्द्रिय बैठकमा उचित कदम चालोस् भन्दै पर्सेली चौतारीकर्मीहरुले केन्द्रको ध्यानाकर्षण गराएका छन् । उनीहरुले प्रविधिको प्रयोग गरी सामाजिक संजाल मार्फत केन्द्रका जिम्मेवार व्यक्तिहरुलाई पत्र पठाउँदै केन्द्रको ध्यानाकर्षण गराएका हुन् ।

चौतारी केन्द्रको केन्द्रिय बैठक दार्चुलामा चलिरहेको छ । सो समयमा चौतारी पर्साको बिषय पनि त्यहाँ प्रवेश पाई उचित निकास निकालियोस् भन्दै आफूहरुले त्यहाँ पुग्न नसके पनि प्रविधिको प्रयोग गरी केन्द्रलाई अवगत गराई ध्यानाकर्षण गराएको चौतारी पर्साका सदस्यहरुले बताए । संगठनको काम भन्दा दोहोरो पद हत्याई आर्थिक अपचलनमा मात्र पर्साका अध्यक्ष श्याम बन्जार र पूर्व अध्यक्ष केसी लामिछाने रमाउन थालेपछि संगठन त्यसरी चल्न नसक्ने चौतारी पर्साको निष्कर्ष र पार्टीका जिम्मेवार नेताको उपस्थितिको निर्णय बर्खिलाप भएको पनि पर्सेली चौतारीकर्मीको भनाइ छ ।

केन्द्रिय नेतृत्वलाई भ्रममा पारेर गलत ढंगले हिडेका पर्साका अध्यक्ष बन्जारा र पूर्व अध्यक्ष लामिछानेको रवैयाभन्दा जिल्लाको बसुस्थिति फरक रहेको तथ्यगत आधार सहित चौतारी पर्साले केन्द्रलाई ध्यानाकर्षण गराएको जनाएको छ ।

संजालमार्फत केन्द्रलाई गराइएको ध्यानाकर्षण पत्रको व्यहोरा प्रेस चौतारी नेपाल पर्सा शाखामा संगठनात्मक गतिविधिमा देखा परेको आर्थिक अपचलन र असामान्य अवस्थालाई किनारा लगाई गतिशिल संगठन बनाउन केन्द्रीय अध्यक्ष आदरणीय गणेश बस्नेत ज्यू र चौतारीका पूर्व अध्यक्ष तथा प्रचार विभागका सचिव श्री गगन विष्ट ज्यूले पर्सामा पुगी झण्डै ६ महिना अगाडी गरेको प्रयास पश्चात पनि समस्या केही बाँकी रह्यो ।

महिनौ कार्य समितिको बैठक नै नबसाउने नेतृत्वको अहंकारलाई चिर्दै ती समस्या किनारा लगाउन पर्साको एमाले पार्टी पंति नै जुटेपछि जिल्ला नेतृत्व बाध्य भएर साउन ९ गते बैठक गर्न सहमत भयो । सो बैठकमा एमाले पर्साका अध्यक्ष डा।विश्वम्भर शर्मा सहित चौतारीको बैठक बस्ने भनी सचिव मार्फत बैठक आह्वान भयो । तर चौतारीका पर्सा अध्यक्ष श्याम बन्जारा आफैले आह्वान गरेको सो बैठकमा अनुपस्थित भए ।

पार्टीका जिम्मेवार नेताहरुले चौतारीका उपाध्यक्षको अध्यक्षतामा बैठक बसाई आगामी बैठक पुनः सोही महिनाको साउन १३ गते चौतारी पर्साका अध्यक्ष श्याम बन्जाराकै अध्यक्षतामा बसी जिल्ला अधिवेशन गरेर अगाडी बढ्ने सम्मको निर्णय ग¥यो ।

१३ साउनको बैठक भने पार्टीका जिल्ला ईन्चार्ज आदरणीय अच्युत मैनाली, चौतारीका महासचिव आदरणीय हिरामान लामा, पार्टीको प्रचार विभागका दुई केन्द्रिय सदस्य श्री लालबाबु शेख र श्री महेश दास, चौतारीका प्रदेश इन्चार्ज श्री कमल उपाध्याय, सह–इन्चार्ज श्री अच्युत पौडेल, चौतारी पर्साका इन्चार्ज श्री शत्रुघ्न नेपाल सहितको उपस्थितिमा चौतारी पर्सा शाखा अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा नै बस्यो ।
सो बैठकले एकहप्ता भित्र शाखाको आगामी अधिवेशन मिति तय गर्ने गरी चौतारीका प्रदेश इन्चार्ज कमल उपाध्याय तथा सह इन्चार्ज अच्यूत पौडेल र जिल्ला इन्चार्ज शत्रुघ्न नेपाललाई जिम्मेवारी दिइयो ।

सो तीन सदस्य समितिले प्रेस चौतारी पर्साका पदाधिकारी र नेपाल पत्रकार महासंघ पर्साका पदाधिकारी ९चौतारीकै भएको कारण० सहितको उपस्थितिमा आगामी जिल्ला अधिवेशनको मिति तय गर्ने भन्ने निर्णय भयो । त्यो निर्णयको आधारमा प्रदेशका इन्चार्ज सह इन्चार्ज र जिल्ला इन्चार्जले गएको असोज महिना भित्र पर्सा चौतारीको अधिवेशन गर्न भनी साउन ३० गते सुझाव सहित जिल्ला शाखालाई बाटो खोली दिई केन्द्रलाई अवगत गराउने लिखित निर्णय समेत ग¥यो ।

सो निर्णयको पत्र सार्वजनिक समेत भयो । त्यो निर्णयका आधारमा चौतारीका प्रदेश इन्चार्ज र जिल्ला इन्चार्ज समेत सहभागी भई चौतारीका पदाधिकारी, बहुमत सदस्य र महासंघका पदाधिकारी समेतको उपस्थितिमा गएको भदौ ३० गते चौतारी पर्सा शाखाको पुनः अर्को बैठक बसी असोज १२ गते पर्सा शाखाको अधिवेशन गर्ने मिति तय गरेको व्यहोरा केन्द्रिय अध्यक्ष सहित केन्द्रिय कार्यालयलाई अवगत छ नै । साथै पार्टीका जिल्ला संयोजक डा. विश्वम्भर शर्मा, पार्टी जिल्ला इन्चार्ज एवं माननीय अच्यूत मैनाली, चौतारीका महासचिव हिरामान लामा, चौतारीका प्रदेश इन्चार्ज, सह–इन्चार्ज सहितको बैठकबाट सुझाव र निर्देशन सहित विधिसम्मत प्रकृया अपनाई अधिवेशन गर्न मिति तय भयो ।

तर अध्यक्ष बन्जारा सो बैठकमा पनि जानाजान अनुपस्थित भई आर्थिक अपचलन लुकाउन र पुरानै शैली अपनाई अधिवेशनलाई भाँड्ने गरी असोज ४ गते गोप्य बैठक बोलाई कार्य समितिको बहुमत जुटाएर विगतका सबै बैठक उल्टाउने दूस्प्रयासमा जुटेको नक्कली माइनुट नै बाहिर आयो । त्यसमा उपाध्यक्षद्वय सहित सचिव र बहुमत सदस्यहरुलाई जानकारी गराइएको थिएन ।

फलतः हस्पिटलको आइसियुमा रहेका नेहाल खान सहित ६ जनाको मात्र हस्ताक्षर भएको नक्कली माइनुट त्यसै मध्येबाट बाहिर आयो । २५ सदस्य कार्य समितिमा ६ जनाको मात्र सहि संकलन भएपछि पर्साका पूर्व अध्यक्ष केसी लामिछाने सहित वर्तमान अध्यक्ष श्याम बन्जारा एमाले नेता तथा एमालेका केन्द्रिय सदस्य राजकुमार गुप्ताको घरमा पुगेर शरणमा परेको समयमा अरु चौतारीका सबै साथीहरु त्यहि पुगी खुद पार्टीका केन्द्रिय सदस्य राजकुमार गुप्ता सहितको उपस्थितिमा चौतारीको बैठक चौतारीका पर्सा अध्यक्ष श्याम बंजाराको अध्यक्षतामा त्यही बस्यो ।

अध्यक्ष बन्जाराकै अध्यक्षतामा जिल्ला अधिवेशन गर्न भदौ ३० मा तय भएको असोज १२ को मिति असोज १९ मा सारी अधिवेशन गर्ने पुनः निर्णय भयो । तथापि अध्यक्ष बन्जाराले एक्कासी जिल्लामा पार्टीका जिम्मेवार व्यक्ति र चौतारीका महासचिव समेतको बैठकले गरेका निर्णय र विधिसंगत बैठकहरुलाई दोहोलो काढ्दै केन्द्रिय नेतृत्व सहित कमिटिलाई गलत सूचना दिई चौतारीका जिल्ला सचिव राजेन्द्र सिंहलाई साधारण सदस्य समेत नरहने गरी कार्वाही गराएको तितो यथार्थ पर्सा चौतारीले भुलेको छैन ।

आफैं बैठक बोलाउन लगाई स्वयम् अनुपस्थित हुने अध्यक्षले सचिवले बाईपास ग¥यो भनी केन्द्रलाई गलत सूचना दिने कदम किंमार्थ ठिक छैन । लगत्तै पर्सा चौतारीको बिषयमा बहुमत साथीहरुको भावना समेटेर काम गर्ने प्रदेश इन्चार्ज कमल उपाध्यायलाई पनि केन्द्रले स्पष्टीकरणसम्म सोध्ने कार्य भयो ।

चौतारी पर्साको जिल्ला अधिवेशन रोकी पर्सा चौतारीलाई क्षतविक्षत पार्ने काम प्रति हाम्रो ध्यानाकर्षण भएको छ । एमालेको यो क्षेत्रका नेता र पार्टी प्रचार विभागलाई समेत अवगत हुँदा पनि चौतारीको केन्द्र तहले पर्सा चौतारीको सन्दर्भमा कुनै ठोस कदम नचाली पत्रकार महासंघ केन्द्रिय कमिटिमा एक जनामात्र सदस्य केसी लामिछानेलाई जिताउने चौतारी पर्सा शाखालाई युनियन र सेन्टरका केही जिम्मेवार व्यक्तिको इसारामा चौतारी पर्सालाई पंगु बनाउने काम भएको प्रति हामी सचेत छौं ।

पर्सामा चौतारीको नाममा आर्थिक अपचलन गरी विपक्षी युनियन र सेन्टरसँग साँठगाँठ गर्दै चौतारीलाई बर्वाद बनाउने काम गरेका चौतारीका श्याम बन्जारा र चौतारीबाट राजनीनामा दिएका केसी लामिछानेलाई केन्द्रले छानविन र कार्वाही गर्नुको साटो काखी च्याप्नुको कारण के हो ? चौतारीको पोखरा महाधिवेशनले एक व्यक्ति एक पदको नीति अघि सारे पनि उक्त व्यक्तिको हकमा अझै सो नीति लागु नहुनु र लामिछाने पुनः केन्द्रिय सदस्य मनोनित हुनु थप आश्चर्यजनक छ ।

केन्दीय समितिको अहिले दार्चुलामा हुँदै गरेको केन्द्रिय बैठकले पर्साको समस्या किनारा लगाउने ठोस बाटो लियोस् भन्ने पनि केन्द्रिय अध्यक्ष सहित केन्द्रिय कमिटिका सबै पदाधिकारी र सदस्यहरु समक्ष पर्सा चौतारीका साथीहरुको अनुरोध छ । अतः चौतारी पर्साको संगठनलाई चुस्त राख्न मार्ग प्रसस्त होस् भन्ने केन्द्रिय कमिटिलाई ध्यानाकर्षण समेत गराउँछौं भनी प्रेस चौतारी पर्सा परिवारले उल्लेख गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्