क्यासिनोको प्रवद्र्धनका लागि देश र विदेशमा सञ्चालनमा रहेका क्यासिनोहरुले ‘लक्की ड्र’ मार्फत उपहार दिनु सामान्य कुरा हो । तर, यहांचाहि ‘लक्की ड्र’ लाई सर्वसाधारणको बीचमा गएर चिठ्ठा काटेर खेलाउने गरि प्रचार गरिएको छ ।
वीरगन्ज – वीरगन्जको आदर्शनगर स्थित होटल लर्डस दियालोमा सञ्चालनमा रहेको किंग्स क्यासिनो विरुद्ध योजनावद्ध तरिकाले भ्रमको खेती भइरहेको छ । विगत एक वर्षदेखि सञ्चालनमा रहेको उक्त क्यासिनोसंग सम्बन्धीत नै नरहेको विषयलाई जोडेर पछिल्लो समय भ्रमको खेती थालिएको सञ्चालकले दाबी गरेका छन् ।
योजनावद्धरुपमा प्रतिस्पर्धी क्यासिनोलाई मदत पु¥याउन किंग्स विरुद्ध गलत प्रचार गरिएको छ । किंग्स बाहेक वीरगन्जमा अन्य ३ वटा क्यासिनो विगत लामो समयदेखि सञ्चालनमा रहेका छन् । तर, ती क्यासिनोको सम्बन्धमा कहिले पनि समाचारहरु प्रकासशनमा आउंदैनन् । स्थानीय प्रहरी प्रशासनले समेत समय समयमा छड्के अनुगमन गरिरहेको हुन्छ ।
किंग्सका सञ्चालक कमल केसीका अनुसार उक्त क्यासिनोमा प्रत्यक्ष रुपले १ सय ७० जना स्थानीयले रोजगार पाएका छन् । देशमा आर्थिक मन्दी चलिरहेको समयमा स्थानीयले रोजगारी मात्र पाएका छैनन् वीरगन्जका होटलहरुको आर्थिक कारोबार पनि बढेको छ । क्यासिनोमा आउने पाहुनाहरु राती यहीको होटलमा बास बस्छन् । क्यासिनोले पर्यटन प्रवद्र्धनमा समेत योगदान पुगाएको छ ।
विशेष अवसरमा क्यासिनोहरुले आफ्ना पाहुनाहरुलाई लक्की ड्र मार्फत गिफ्ट ह्याम्पर दिने गरेका छन् । क्यासिनोको प्रवद्र्धनका लागि देश र विदेशमा सञ्चालनमा रहेका क्यासिनोहरुले ‘लक्की ड्र’ मार्फत उपहार दिनु सामान्य कुरा हो । तर, यहांचाहि ‘लक्की ड्र’ लाई सर्वसाधारणको बीचमा गएर चिठ्ठा काटेर खेलाउने गरि प्रचार गरिएको छ ।
क्यासिनो सञ्चालनमा आएको दिनदेखि आउने पाहुनाहरुलाई ‘लक्की ड्र’ मार्फत उपहार प्रदान गरिने सञ्चालक केसीले बताए । किंग्स क्यासिनोले सरकारलाई वार्षिक २ करोड रुपैया राजस्व बुझाउने गरेको छ ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्