वीरगन्ज – वीरगन्जका चर्चित युवा नेता तथा सामाजिक अभियन्ता महादेव कुर्मी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको घोषणा गरेका छन । कुर्मीले राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डिपि आर्याल संग भेटेको तस्बीर सार्वजनिक गर्दै उक्त पार्टीमा प्रवेश गरेको घोषणा गरेका हुन ।
वीरगन्ज – १४ पिपरा निवासी युवा नेता कुर्मी मधेसी सहिद दिलिप चौरसीयाको घरमा पार्टीका उपाध्यक्ष अर्याल संग भेटघाट गरेको तस्बिर समाजिक संजालमा सार्वजनिक गरेका छन । राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश पछि समाजिक संजालमा उनले अब नयाँ सोचले सबैको सल्लाह सुझावले अगाडि बढ्ने बताएका छन ।
साथै कुर्मीले स्वतन्त्र पार्टी संग जुट्ने चाहने साथी दाजुभाइ तथा अग्रजहरुलाई सम्पर्क गर्न पनि आग्रह गरेका छन । उनले अब मिसन २०८४ को लागि हामी आफ्नो लागि, आफ्नो समाजको लागि, देशको लागि र स्वच्छ राजनितिकको लागि सबैलाई जुट्न अपिल पनि गरेका छन ।
उनले गत असोज १० मा जनता समाजबादी पार्टी पुर्ण रुपमा परित्याग गरि स्वतन्त्र भएको घोषणा गरेका थिए । विगतको समयमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह संगै बसेर बर्सौ देखि काम गर्दै आएको र राजनितिक धोका भएपछि अलग भएको बताएका थिए ।विगत देखिनै वीरगन्जका मेयर राजेशमान सिंहसंग निकट रहेका कुर्मी पछिल्लो केही समययता असन्तुष्ट देखिएका थिए ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्