वीरगन्जको बालसुधार गृहबाट २ जना बालकैदी फरार

फरार हुनेमा सिरहा औरहीका १७ वर्षीय पान्डे यादव र सर्लाहीका १७ वर्षीय अमरकान्त ठाकुर रहेका छन् ।

सम्वादाता | २०८० असोज १२ गते ११: १० मा प्रकाशित

वीरगन्ज – वीरगन्ज महानगरपालिका– ४ विर्ता स्थित बालसुधार गृहबाट शुक्रबार विहान दुईजना बालकैदी फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार दुबैजना विहान करिब २ बजेको समयमा छत माथिको तारजाली काटेर फरार भएका हुन् । फरार हुनेमा सिरहा औरहीका १७ वर्षीय पान्डे यादव र सर्लाहीका १७ वर्षीय अमरकान्त ठाकुर रहेका छन् ।
कर्तव्य ज्यान र जबरजस्ती करणी मुद्दामा परि उनीहरु बालसुधार गृह आएका थिए । प्रहरी नायव उपरिक्षक कुमार विक्रम थापाले फरार भएका दुबै बालकैदीको खोजी कार्य जारी रहेको बताए । काडेतार काटेर उनीहरु बालसुधार केन्द्रसग टासिएको घरमाथिबाट हाम फालेर फरार भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्