एमालेको मधेश प्रदेश अधिवेशनको नारा र लोगो सार्वजनिक

एमालेले अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ राखेको छ ।

सम्वादाता | २०८० असोज ११ गते १७: २० मा प्रकाशित

धनुषा – नेकपा एमालेको आगामी असोज २४ र २५ गते हुने मधेश प्रदेशको प्रथम अधिवेशनको नारा र लोगो सार्वजनिक गरिएको छ । एमालेले जनकपुरधाममा आज पत्रकार सम्मेलन गरि नारा र लोगो सार्वजनिक गरेको हो ।

एमालेका मधेश प्रदेश अध्यक्ष रामअवतार यादवको अध्यक्षचामा पार्टी सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटब्युरो सदस्यद्वय लिलानाथ श्रेष्ठ र जुली महतोले संयुक्त रुपमा नारा र लोगो सार्वजनिक गरेका हुन् ।

एमालेले अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ राखेको छ ।

प्रतिक्रिया दिनुहोस्