धार्मिक सहिष्णुता कायम गर्न वीरगञ्जमा बृहत सामाजिक सद्भाव र्याली ( हेर्नुस् तस्बिरमा )
समुदायलाई उक्साहटमा ल्याएर सद्भाव बिगार्ने र शान्ती प्रक्रियामा खलल गर्नेहरुलाई कानुनको दायराभित्र ल्याई कारवाही गर्न उनले ध्यानाकर्षण पनि गराएका छन् ।
वीरगन्ज – वीरगञ्जमा बृहत सद्भाव र्याली निकालिएको छ । सदियौँदेखि एकताबद्ध भएर बसेका वीरगञ्जबासीलाई विभाजित गर्ने मनसायका साथ केही तत्वहरु सक्रिय भएको भन्दै वीरगञ्जमा बृहत सद्भाव र्या ली निकालिएको हो । वीरगञ्ज महानगरपालिकाको आयोजनामा वीरगञ्जको आदर्शनगरस्थित स्विमीङ् पुलबाट सुरु भएको र्यावलीले वीरगञ्ज बजारको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य प्रदीप यादवले सामाजिक सद्भावलाई कायम गरेर समाजलाई विद्रोह हुनुबाट बचाउनुपर्नेमा जोड दिए । धार्मिक सहिष्णुताको भाव जागृत गरेर जात, धर्म र अन्य कारणले समाजलाई भाँड्ने काम नगर्न उनले सुझाव दिएका छन् । आफु यहाँकै जनताको मतबाट दुई पटक सांसदमा निर्वाचित हुँदासम्म कहिलै पनि धार्मिक विभेद नभएको बताउँदै उनले पछिल्लो समयमा सामाजिक सञ्जालमार्फत भइरहेका उच्छृंख गतिविधिको भत्सर्ना गरे ।
धर्मकै नाममा विभेद गरेर समाजमा कलह र हिंसा पैदा गर्न खोज्नेहरुदेखि वीरगञ्जबासी सचेत छन् भन्ने सन्देश प्रवाहका लागि सद्भाव र्याली निकालिएको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताए । उनले भने, ‘हामी वीरगञ्जबासी एकदम सचेत छौँ र हामी एकआपसमा मिलेर बसेका छौँ भन्ने सन्देश हामीले यस र्यालीबाट दिन खोजेका हौँ ।’
पछिल्लो समयमा धार्मिक गतिविधि बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै प्रमुख सिंहले समाजलाई भाँड्ने तत्वहरुको पहिचान गरेर कारवाहीको दायरामा ल्याउनुपर्ने बताए । हिन्दु, मुस्लिमबीच द्वन्द गराउने खालका गतिविधिप्रति सचेत रहन आग्रह गर्दै उनले सबै धर्मको लक्ष्य भनेकै समाजमा शान्ती कायम गर्ने भएको धारणा राखे ।
नेकपा एमाले पर्साका संयोजक डा. बिशम्भर शर्माले आपसी भाइचारा बिथोल्ने गरी बढ्दै गएका गतिविधिप्रति चिन्ता व्यक्त गरे । समुदायलाई उक्साहटमा ल्याएर सद्भाव बिगार्ने र शान्ती प्रक्रियामा खलल गर्नेहरुलाई कानुनको दायराभित्र ल्याई कारवाही गर्न उनले ध्यानाकर्षण पनि गराएका छन् ।
सोही अवसरमा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालमार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र पनि बुझाइएको छ । ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले धर्म निरपेक्ष राष्ट्रमा कसैले पनि कसैलाई जबरजस्ती गर्न नहुने बताउँदै सद्भाव बिगार्ने तत्वलाई कारवाही गर्नुपर्ने जिकिर गरे । साथै उनले गृहमन्त्रालयमा विज्ञप्ती पठाएर सुरक्षा निकायलाई परिपत्र गर्ने आश्वासन पनि दिएका छन् ।
र्या्लीमा जसपाका प्रमुख सचेतकसमेत रहेका सांसद यादव, मेयर सिंहसँगै उपमेयर इम्तियाज आलम, जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन साह सोनार, नेकपा एकीकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापा, नेकपा एमालेका नेता जालिम मियाँ, जनमत पार्टीका नेता शशीकपुर मियाँ, जसपाका नेता प्रेमबाबु पटेल, जसपा वीरगञ्ज महानगरका अध्यक्ष ईश्वरचन्द्र यादव, नेकपा एकीकृत समाजवादी पार्टी वीरगञ्ज महानगरका अध्यक्ष मनोज चौधरी लगायत विभिन्न राजनीतिक दलका नेता एवम् कार्यकर्तासँगै वीरगञ्जबासीको उपस्थिती रहेको थियो ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्