वीरगन्जमा शान्ति अमन चयन खलल हुने किसिमका धार्मिक जुलुस, बन्द नगर्ने निर्णय

यसमा सबै राजनीतिक दलहरु, स्थानीय तह, नागरिक समाज, संस्था, क्षेत्र लगायतका सरोकारवालाले सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

सम्वादाता | २०८० असोज ७ गते १३: ०६ मा प्रकाशित

वीरगन्ज – जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार विहान बसेको सर्वदलीय बैठकले सबै धर्म समुदाय बीच आपसी सद्भाव कायम राख्ने निर्णय गरेको छ ।

निमिक्त प्रमुख जिल्ला अधिकारी शिव लम्सालको अध्यक्षतामा बसेको बैठकले शान्ति अमन चयनमा खलल हुने किसिमका धार्मिक एवं सामुदायिक प्रकारका ¥याली, बन्द आदि कार्यक्रम एवं गतिविधीहरु कुनै पनि संघ संस्था एवं समुदायले नगर्ने निर्णय गरेको छ । 

यसमा सबै राजनीतिक दलहरु, स्थानीय तह, नागरिक समाज, संस्था, क्षेत्र लगायतका सरोकारवालाले सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

बहुजातिय, बहुभाषिक, बहुधार्मिक एवं बहु सांस्कृतिक विशेषतायुक्त हाम्रो राष्ट्रको गरिमालाई आत्मसात गर्दै सबै धर्म एवं सम्प्रदायसंग सम्वद्ध संघ संस्थाहरु विविधताबीचको एकता, सामाजिक सांस्कृत्तिक ऐक्यवद्धता, सहिष्णुता र सद्भावलाई संरक्ष्ँण एवं प्रवद्र्धन गर्ने हिसाबले समतामुलक समाजको निर्माणमा अगाडि बढ्ने राष्ट्रको मर्म अनुसार सद्भाव कायम राख्ने प्रतिवद्धता जनाइएको छ ।

बैठकमा सबै राजनीतिक दलका अध्यक्ष, वीरगन्जका मेयर, उपमेयर, प्रहरी उपरिक्ष्ँक, धार्मिक गुरुहरु, सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्